
Asb
Dus
ksb
Jns
Sgp
Lnp
Rgp
Rgp
Rgp
Lks
lnp
Ggp
Rgp
Ggp
Usb

lms

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (बसन्त)ले बाँकेको कुसुम र दाङको भौवा नाका जोड्ने बाटोको अबलोकन गरेका छन् ।
दुई दिने भ्रमण तथा अबलोकनका लागि छिमेकी राष्ट्र भारतसंग जोडिएको दाङको राजपुर गाउँपालिका अन्तरगतका नाकामा पुगेका सभामुख घर्तीलाई ७ नम्बर वडा अध्यक्ष पुष्कर वलीले उक्त बाटोको अवस्था बारेमा अबलोकन गराएका हुन् ।
त्यस्तै अबलोकनका क्रममा बाटोमा लगाइएका हेमपाइपहरु सबै वर्षाले भत्काएर हिड्न र सवारीसाधन आवागमन समेत असहज भएको पाइएको थियो । उक्त बाटोको अबलोकन गर्दै सभामुख घर्तीले राजपुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाले सरसल्लाह गरेर प्रदेश सरकारसंग संपुरक बजेटको माग गरे तत्काल सो समस्या समाधान हुने बताए ।
सोही क्रममा ७ नम्बर मनौरा नाकामा सिमसार रहेकोले उक्त स्थानमा पानी सिचाइको लागि ड्यामका लागि पहल गरिदिन वडा अध्यक्ष वलीले सभामुखसंग माग गरेका थिए । 
