
Asb
Usb
ksb
Ggp
Rgp
Jns
Rgp
Rgp
Lnp
Lks
Ggp
Sgp
Dus
Rgp
lnp

lms

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (बसन्त)ले तीन तहका सरकारहरुको सहकार्य भए मात्र नाका क्षेत्रको विकासले गति ल्याउने बताएका छन् ।
छिमेकी राष्ट्र भारतसंग जोडिएको दाङ जिल्लाको राजपुर गाउँपालिका अन्तरगत पर्ने २२ नाकाको भ्रमण तथा अबलोकन गर्न दुई दिनका लागि मंगलबार नाका क्षेत्रमा पुगेका सभामुख घर्तीले सो कुरा बताएका हुन् ।
आफ्नो काम विशेषले २०५४ सालमा भौवा नाकामा पुगेको र एक हप्तासम्म बसेको स्मरण गर्दै घर्तीले नाका क्षेत्रमा आफू लुम्बिनी प्रदेशको सभामुख भैसकेपछि तीन वर्ष पहिले नाकाको भ्रमण तथा अबलोकन गर्ने इच्छा भएपनि विविध कामले आउन नसकेको र अहिले चाहिँ संसद नचलेको समय मिलाएर दुई दिनका लागि नाकामा आफू आएको बताए ।
नाकाली जनताको जीवन स्तर र सुरक्षाको अवस्था लगायत नाकाको भूगोलहरु अबलोकनगर्न आफू नाका आउँदै गर्दा पहिलेको भन्दा अहिले धेरै विकास भएको र अझै प्रमुख बाटोघाटो,सञ्चार, विद्युत,खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा व्यवस्थालाई दीगो रुपमा विकास गर्न स्थानीय सरकारले प्रदेश र संघ सरकारलाई आफ्नो पालिकाको समस्यहरु दर्शाउन सके मात्र नाकामा ठुला योजना पर्ने र सो योजनाबाट हरेक विकास दीगो रुपमा हुने सभामुख घर्तीले बताए ।
उनले राजपुर-७,भैसाही जेल्बाङ खोला निवासी ८३ वर्षीय भिमु बहादुर पुन मगरसंग भेटघाटगरि नाकाको बारेमा जानकारी लिएका थिए । त्यसपछि भैसाहीमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा पुगेर स्वास्थ्यको अवस्था बारेमा बुझेका थिए ।
त्यसैगरी वडा नम्बर ७ को भौवा नाकामा पनि भेटघाट र अबलोकन गरेका थिए । भौवामा पुग्दै गर्दा उनले ७ नम्बर वडाका निवर्तमान वडा सदस्य निम कुमारी झाक्रीसंग पनि भेटघाट गरेका थिए भने शिव शक्ति माध्यमिक विद्यालय भौवाको शिक्षा अवस्था बारेमा बुझेका थिए । त्यसपछि ७ नम्बर वडा अध्यक्ष पुष्कर वलीले दाङको भौवा नाका र बाँकेको कुसुम जोड्ने बाटोको स्थलगत अबलोकन गराएका थिए ।
त्यस्तै अबलोकनको क्रममा बाटोमा लगाइएका हेमपाइपहरु सबै वर्षाले भत्काएर हिड्न र सवारीसाधन आवागमन समेत असहज भएको पाइएको थियो । उक्त बाटोको अबलोकन गर्दै सभामुख घर्तीले राजपुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाले सरसल्लाह गरेर प्रदेश सरकारसंग संपुरक बजेटको माग गरे तत्काल सो समस्या समाधान हुने बताए । सोही क्रममा ७ नम्बर मनौरा नाकामा सिमसार रहेकोले उक्त स्थानमा पानी सिचाइको लागि ड्यामका लागि पहल गरिदिन वडा अध्यक्ष वलीले सभामुखसंग माग गरेका थिए ।
यस्तै अस्थायी सशस्त्र प्रहरी बल भौवामा पुगेर कार्यालय प्रमुख महिलाल चौधरीसंग त्यहाँको बारेमा समेत जानकारी लिएका थिए । सो क्रममा स्थानीय बुद्धिजीवीले कुसुम र भौवा नाका जोड्ने बाटो र टावर व्यवस्थित रुपमा संचालनका लागि सभामुख घर्तीसंग माग गरेका थिए ।
त्यस्तै बुधबार बिहान सभामुख घर्तीले वडा नम्बर ६ खाङ्ग्रामा रहेको इलाका प्रहरी कार्यालय खाङ्ग्राका कार्यालय प्रमुख खगेन्द्र नाथ योगीसंग सुरक्षा व्यवस्था बरेमा बुझेका थिए । सोही क्रममा सशस्त्र प्रहरी बल नेपाल खाङ्ग्राका कार्यालय प्रमुख दुत प्रसाद नेपालीसंग भारतका एसएसबिसंगको समन्वय र नागरिकलाई दिने सुरक्षा व्यवस्था के कस्तो रहेको छ भनेर सभामुख घर्तीले बुझेका थिए ।
त्यसपछि उनले ७६ वर्षीय खुमबहादुर खत्री लगायत स्थानीय बुद्धिजीवीसंग भेटघाट गरेर नाकाको बारेमा बुझेका थिए । उनले हुलाक घर र भनसार घरको बारेमा समेत बुझेका थिए । यसैगरी उनले बालकल्याण माध्यमिक विद्यालय,एकीकृत सेवा इकाईको समेत अबलोकन गरेका थिए ।
त्यस्तै ६ नम्बर वडा अन्तर पर्ने सशस्त्र प्रहरी वल कल्याणपुरको बारेमा बुझेका थिए । त्यसपछि उनले सशस्त्र प्रहरी बल सुख्खाको समेत अबलोकन गरेका हुन् । सभामुख घर्तीले बाल बिसौनी आधारभूत विद्यालय राजपुर १ पटौली नाका र सामुदायिक स्वास्थ्य इकाईको बारेमा समेत बुझेका थिए । यसैगरी उनले अस्थायी प्रहरी पोस्ट सिरिया नाकाका कार्यालय प्रमुख कनहैया चौधरीसंग पनि सुरक्षा बारेमा बुझेका थिए । सोही क्रममा सभामुख घर्तीले सिमामा रहेक पिलरहरुको बारेमा बुझेका थिए ।
सिरियादेखि-सुकौली हुँदै अन्य नाकामा जाने बाटोको असहज भएपछि सभामुख घर्ती सिरिया हुँदै माररी र बेला जोड्ने बाटो अवस्था बुझेका थिए । त्यसपछि माररी खोला हुँदै गुरुङ खोला पुगेर त्यहाँको सामुदायिक स्वास्थ्य इकाई गुरुङ खोला र ज्योति आधारभूत विद्यालयको बारेमा बुझेर सभामुख घर्तीले आफ्नो दुई दिने अबलोकन तथा भ्रमणको बिट मारेका थिए ।
आफ्नो नाकाको भ्रमणको बिट मार्दै सभामुख घर्तीले समग्र नाकाको समस्या आफुले प्रत्येक्ष बुझेको हुँदा आफूले यस क्षेत्रका सांसदसंग बसेर छलफल गर्ने र प्रदेश सरकारबाट सक्दो बजेटका लागि पहल गर्ने समेत बताए । यस्तै उनले संघीय सरकारका प्रतिनिधि र मन्त्रीहरुसंग छलफल गरि नाकाको विकासका लागि विशेष पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
त्यस्तै उक्त भ्रमण तथा अबलोकनमा राजपुर गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका मगर,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर वली,कार्यपालिका सदस्य सन्देश बिक,७ नम्बर वडा सचिव दीपक राना मगर,गोरखा ग्रुप तथा रिडी ग्रुप लिमिटेडका सदस्य मानबहादुर बुढा मगर,वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष विष्णु बुढा मगर,नेपाली कम्युनिस्ट पार्टी राजपुरका नेता देबिराम सुनार (अपिल)लगायतको उपस्थिति रहेकोे थियो ।


