
Ggp
lnp
Lks
Ggp
Rgp
Usb
ksb
Jns
Rgp
Lnp
Asb
Rgp
Dus
Sgp
Rgp

lms

काठमाडौँ । आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरी (निर्वाचन प्रहरी) मा सहभागी हुन काठमाडौँ उपत्यकाका युवाहरु निकै उत्साहित देखिएका छन् ।
त्यस्तै उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसरहरुमा आवेदन दिनेहरूको ठुलो भिड लागेको छ,जहाँ छोटो अवधिमै हजारौँले फारम दर्ता गरिसकेका छन् । काठमाडौँ,ललितपुर र भक्तपुरमा पुस २६ गतेदेखि आवेदन खुल्ला गरिएकोमा चार दिनको अवधिमै कुल ६ हजार ८ सय ५५ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी परिसरका अनुसार मिति २०८२ पुस २९ गतेसम्ममा ४ हजार ८ सय ८० पुरुष,१ हजार ९ सय ७४ महिला र अन्य १ जना गरी उल्लेख्य सङ्ख्यामा नागरिकहरूले निर्वाचन सुरक्षामा खटिने इच्छा देखाउँदै आवेदन बुझाएका हुन् । प्रहरीले आवेदन दिने समय सीमा आगामी माघ १ गते कार्यालय समयसम्म तोकेको छ। बाँकी रहेको दुई दिनमा आवेदन दिनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
स्वयंसेवी रुपमा निर्वाचनको सुरक्षामा खटिन पाउने र छोटो समयको रोजगारी समेत हुने भएकाले शैक्षिक योग्यता पुगेका युवादेखि अवकाश प्राप्त सुरक्षाकर्मीसम्मको यसमा आकर्षण देखिएको छ ।रातोपाटी
