
cjs
Pbu
Ses
Gfs
Ggp
Rgp1
Sgr
pku
Unsku
Srbpu
Rgp
Pes
Lnp
Djs

Pvg
Bbbpu
Ksm
Wsp
Tsm
Rsb
nsb
Bbu
Sls
Rgu
Asm
Vor
Rgu
Sbs
Ggd
Rgs
Hal
Gst
Ssm

Ptm
Mks
Gsb
Bml
Jmb
Abd
Rpp
Jmb
Rmb
bbt
Pls
Syp
sab
दाङ । देउखुरीको गढवा गाउँपालिकाको १८ औँ गाउँसभा तथा हिँदे अधिवेशन आईतबारदेखी सुरु भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम अधिवेशन शुरु भएको हो ।
गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको पहिलो बैठकमा सार्वजनिक महत्वका ५ वटा विधेयक पेश गरिएको छ । अध्यक्ष पोख्रेलले गाउँपालिकाको महत्वपूर्ण ५ विधेयकहरु प्रस्तुत गरेका हुन् ।
गढवा गाउँपालिकाको खानेपानी तथा सरसफाई व्यवस्थापन विधेयक- २०८२, गढवा गाउँपालिकाको भूमि विधेयक- २०८२, गढवा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक-२०८२, गढवा गाउँपालिकाको विज्ञापन (व्यवस्थापन तथा नियमन) विद्येयक -२०८२, गढवा गाउँपालिकाको तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन विधेयक-२०८२ प्रस्तुत गरेका हुन् ।
त्यस्तै १८ औं गाउँसभा तथा हिउँदे अधिवेशनमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले क्षेत्रगत बजेट तथा खर्च,आय व्यय विवरण,शिर्षक अनुसार राजस्व संकलन,वडागत बजेट तथा खर्च,कार्यक्रम/परियोजना अनुसार बजेट बिनियोजन र गढवा गाउँपालिकाको कार्यालय र आठ वटै वडाबाट संकलन भएको राजश्वको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
यस्तै १८ औँ गाउँसभा तथा हिउँदे अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष शारदाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, विभिन्न वडाका वडाध्यक्षहरु,कार्यापालिका सदस्यहरु,वडा सदस्यहरु,विभिन्न शाखाका शाखा प्रमुख,कर्मचारी लगायतको सहभागिता रहेको थियो । सभामा पेश गरिएका विधेयकहरु अधिवेशनकाे आगामी बैठक माघ १२ गतेमा छलफल गरि निर्णयार्थ प्रस्तुत गरिएको जनाइएको छ ।
