
Jsbus
gms
Syees
Ddhbs
Gsbus
Bksbus5
Csbus
Gsl
dsbus
Ratbs
Ssbus
Amb
syysr
Nssbus7
Rbs
Pbu

Rsb
Wsp
Ggd
nsb
Vor
Pvg
Bbbpu
Hal
Gst
Ssm
Rgu
Sbs
Ksm
Rgu
Asm
Rgs
Bbu
Sls
Tsm

Jmb
Rpp
Bml
Abd
Mks
Syp
Jmb
Ptm
bbt
sab
Gsb
Pls
Rmb
दाङ । देशको बिद्यमान राजनितिक परिस्थिति र त्यमा देखिएका बिकृति र विसंगतीलाई चिर्दै प्राज्ञिक तहबाट साहित्य मार्फत राष्ट्रलाई सत्मार्गमा लैजान सबै लेखक साहित्यकारहरुले लेखकिय भूमिका खेल्नुपर्ने कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
शनिवार लमहीमा आयोजना गरिएको देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको १९ औं बार्षिकोत्सव समारोहमा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । कला,साहित्य मार्फत देशलाई सत्मार्गमा ल्याउन लेखक तथा साहित्यकारहरुको अहं भूमिका हुने भन्दै राजनिति र प्रशासनिक क्षेत्रमा देखिएका बिकृति र विसंगतिहरु चिर्न लेखकहरुले निश्पक्ष र निडरताका साथ कलम चलाउन आवश्यक रहेको बक्ताहरुले औंल्याएका हुन् ।
संस्थाका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शसिराम कार्कीको प्रमुख आतिथयमा मञ्चको १९ औं बार्षिकोत्सव उद्घाटन गरिएको हो । सो अवसरमा मञ्चको नाममा बिभिन्न ब्यक्तित्वहरुद्वारा स्थापित अक्षयकोषका पुरस्कारहरु बिभिन्न विधामा योगदान दिने साहित्यकार तथा लेखकहरुलाई प्रदान गरिएको छ । जस अन्तर्गत बैदेशिक रोजगारको शिलशिलामा खाडी राष्ट्र कतारमा कार्यरत युवाहरुको सहयोगमा मञ्चले स्थापना गरेको कतार देउखुरी साहित्य सम्मान अक्षयकोषबाट डा.लोकराज पराजुलीलाई सम्मान गरिएको छ भने मञ्चका संस्थापक अध्यक्ष देवराज पाठकले स्थापना गरेको पाठक कला संगित सम्मानबाट के.एल.पिडितलाई सम्मान गरिएको छ ।
यसैगरी सामाजिक क्षेत्रमा योगदान पुर्याउने अग्रजहरुलाई सम्मान गर्ने मञ्चको बार्षिकोत्सव कार्यक्रम अन्तर्गत यसबर्ष रेशम बहादुर खड्का र उषा आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । मञ्चको नाममा स्थापित पुरस्कारहरु मध्ये ठागुरामपति साहित्य सम्मानबाट श्रवण नेपाली, पोखे्रल पद्यसाहित्य सम्मानबाट साहित्यकार भुवन देवकोटा,ऋषिविना साहित्य सम्मानबाट दिपक शर्मा समिर,गंगातारा साहित्य सम्मानबाट साहित्यकर्मी तथा पत्रकार उदय जि.एम.,कल्पना खनाल साहित्य पुरस्कारबाट निर्मला कार्की,ज्योतिसिंह साहित्य सम्मानबाट साहित्यकार सुरेश सुमन डाँगी र शोभादेवि संघर्षशिल साहित्य सम्मानबाट चुमा आचार्य सम्मानित भएका छन् ।
यसैगरि जगतभिमा साहित्य सम्मान शुषमा शर्मा, होतबिष्णु साहित्य सम्मानबाट हरिप्रसाद पाण्डे, रामरुपनी साहित्य सम्मान राधा गौतम,केदाररत्न साहित्य सम्मान मञ्चका पुर्व अध्यक्ष हरि पोखे्रल र यादव चन्द्रीका प्रज्ञा सम्मानबाट प्रा.हरेकृष्ण ज्ञवालीलाई सम्मान गरिएको मञ्चले जनाएको छ ।
कार्यक्रममा बिशिष्ट अतिथी कर्णली प्रदेश योजना आयोगका सदस्य तथा लेखक साहित्यकार जित बहादुर शाह,नेपाली लेखक संघका केन्द्रिय सदस्य डा.कृष्णराज डिसी,लुम्बिनी वांगमय प्रतिष्ठानका भरत रानाभाट,सहित्यकार सुष्मा शर्मा,साहित्यकार खगेन्द्र गिरी कोपिला,संस्थाका पुर्व अध्यक्ष हरि पोखे्रल,प्रलेस दाङका अध्यक्ष चन्द्र बहादुर थापा, हास्य कलाकार डा.लोकराज पराजुली,साहित्यकार जगतराम यादव, छविलाल कोपिला र जया रावल लगायतले शुभकामना मन्तब्य तथा रचना वाचन गरेका थिए ।
यसैगरी नवप्रतिभाहरुको खाजिमा मञ्चले थालेको अभियान अन्तर्गत साहित्यकार शेषमणी शर्मा घिमिरेद्वारा स्थापित वाल प्रतिभा पुरस्कार राप्ती साउथर्न बोर्डींग स्कूल गढवाका झरना बगोटी,जनता माबि गढवाका पदमा जिसी,गुरुकुल एकेडमीका अभिनन्दन थापा तथा देउखुरीका विभिन्न बिद्यालयहरुमा आयोजना गरिएको स्थलगत कविता लेखन प्रतियोगितमा प्रथम हुने गोरखा मोडेल लमहीका सुप्रिया घर्ति,दोश्रो हुने खिमबहादुर शाह माध्यमिक बिद्यालयका शिसिर भुसाल र तृतिय हुने ज्ञानज्योति विद्यालय लमहीका तेजिना रावतलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रममा संस्थागत प्रतिवेदन सचिव वालमुकुन्द आचार्य र आर्थिक प्रतिवेदन पे्रमा जिसीले प्रस्तुत गरेका थिए । मञ्चका उपाध्यक्ष योगमाया शाहीको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव कार्यक्रमको सञ्चालन पूर्वसचिव केशव शर्मा घिमिरे गरेका थिए ।

