
Unsku
pku
cjs
Srbpu
Pbu
Lnp
Sgr
Pes
Ggp
Rgp
Rgp1
Djs
Gfs
sbs

Rgu
Bbu
Rgu
Wsp
Bbbpu
Rsb
Pvg
nsb
Sls
Sbs
Gst
Rgs
Ksm
Ssm
Tsm
Hal
Asm
Vor
Ggd

Pls
Rpp
Mks
Rmb
Syp
Ptm
Abd
Gsb
Jmb
Jmb
bbt
Bml
sab
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम घोराहीको भ्यालीटप इङलीस बोर्डिह स्कुलमा शुक्रबार आज सम्पन्न भएको छ ।
पछिल्नो समय बिकराल समस्याका रुपमा रहदै आएको लागुऔषधबारे बिद्यालय तहबाटै सचेतना जगाउने उद्देश्यले माद्यामिक तहका विद्यार्थीका बिचमा लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरीक्षक तुलबहादुर बिकले बिद्यार्थीहरुलाई समाजमा बढ्दै गएको लागुऔषधको बर्तमान अवस्था,सेवनकर्ताहरुमा देखिने लक्षण,त्यसले मानव जिवनमा पार्ने असर र रोकथामका उपाएमा बारेमा प्रशिक्षण दिएका थिए ।
बिद्यालयका प्रधानाध्यापक खुम केसीले विषय प्रबेश गराएको कार्यक्रममा प्रशिक्षक प्रहरी नायव निरीक्षक तुलबहादुर बिकले लागुऔषध दुव्र्यसनीका कारण ठुलो युवापंक्ति कुलतमा फसेको भन्दै त्यसलाई रोक्नका लागि सबैको सहकार्य आवस्यक रहेको बताएका थिए ।
