
Ksb
Csb
Ksb
Usb
jsb
Gsb
Rsb
Nsb
Ssb
Fmb
Ssb
Ppu
Tgp
Bsn
Ksb
Rks

Tsb
Gsb
Ssb
Hl1
Usb

Nps
Rgu
ptl
दाङ । देउखुरी राजपुर गापा वडा नम्बर २ मटेरियामा रहेको जनज्योति माविमा विव्यसका लागि निर्वाचन सम्पन्न भैसकेपनि समितिलाई पुर्णता दिनकालागि थप २ जना मनोनित गर्नुपर्ने नियम भएकोमा मनोनित गर्ने विषयमा आन्तरिक बिबाद हुँदा समितिले अहिलेसम्म पनि पुर्णता पाउन सकेको छैन । त्यस्तै विव्यस छनौटका लागि भएको निर्वाचनमा नेकपा माधव-प्रचण्ड समुहबाट एउटा समूह र नेपाली काङ्ग्रेस-नेकपा केपि समुहबाट अर्को समूह चुनाबी मैदानमा उत्रिएको थियो। चुनाबमा नेकपा माधव – प्रचण्ड समुहबाट उठाईएका समुहले जितेका थिए ।
थप २ जना मनोनित गर्ने सम्बन्धमा एकजना राजपुर १ कठबेरुवाबाट १ महिला,२ नम्बर मटेरियाबाट १ जना पुरुष मनोनित गर्ने भनी नेकपा माधव-प्रचण्ड समूह राजपुरले व्यक्ती समेत किटान गरि निर्णय समेत गरिसकेको श्रोतले बताएको छ यद्यपि व्यक्ती विशेषको कारण मनोनित हुन नसकिरहेको रहस्य खुलेको छ। समितिले पुर्णता नपाउदै बिध्यालयले नयाँ शिक्षक भर्ना प्रकृयाको लागि बिज्ञापन सार्वजनिक गरिसकेको छ । जनज्योति माविमा समितिले पुर्णता पाउनमा ढिलाई , समिती पुर्णता नहुदै गतिबिधी अघि बढ्यो।

