
Pbu
Ggp
Ses
pku
Gfs
Sgr
Djs
Lnp
Pes
Rgp
Srbpu
Rgp1
Unsku
cjs

Wsp
Ssm
Vor
Rgu
Asm
Sbs
Gst
Sls
Ksm
Rgs
nsb
Hal
Bbu
Bbbpu
Tsm
Pvg
Rsb
Ggd
Rgu

Bml
Jmb
Syp
Gsb
Ptm
Pls
bbt
Mks
Abd
Rmb
Jmb
Rpp
sab
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर –७,बनघुस्री स्थित कर्रि सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब-डिभिजन वन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिवश परियारले सामुदायिक वन उपभोक्ता समूह वन संरक्षणको मेरुदण्ड भएको उल्लेख गरे ।
त्यस्तै उनले कर्रि सामुदायिक वनले वन संरक्षण, हरियाली प्रवर्द्धन र जैविक विविधता जोगाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताए । सामुदायिक वनको आम्दानीलाई पारदर्शी र दिगो रुपमा परिचालन गरी स्थानीय विकास, रोजगारी सिर्जना तथा विपन्न वर्गको उत्थानमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
समूहका सचिव छोट्कहनिया चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मन्तव्य राख्दै समूहका सल्लाहकार शिबराज गिरीले २५ औँ साधारणसभा समूहको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सामुदायिक वनको आम्दानीलाई दीर्घकालीन योजनासहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक विकासका क्षेत्रमा प्रयोग गर्न सुझाव दिए । यस्तै,नेपाल विद्युत प्राधिकरण लमहीका ई-सुपरभाइजर सन्तोष वाग्लेले वन क्षेत्रभित्र तथा आसपास सञ्चालन हुने विद्युत संरचनामा सुरक्षा र समन्वय आवश्यक रहेको उल्लेख गरे ।
वन रक्षक महेश केसीले अवैध कटानी नियन्त्रण, डढेलो रोकथाम र वन्यजन्तु संरक्षणमा उपभोक्ताहरुको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । वडासदस्य उर्मिला चौधरीले वडाको तर्फबाट सामुदायिक वनसँग सहकार्य गर्दै स्थानीय विकासका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
२५ औँ साधारणसभामा कोषाध्यक्ष महाबिर चौधरीले एक करोड १२ लाख २० हजार दुई सय एकतीस रुपैयाँ २० पैशाको आर्थिक प्रतिबेदन प्रस्तुत गरे । प्रतिवेदनमा आम्दानी,खर्च विवरण तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रमहरु समेटिएका थिए ।
त्यस्तै २५ औँ साधारणसभा सामुदायिक वनको संरक्षण, सुशासन र दिगो व्यवस्थापनमा थप सशक्त रुपमा अघि बढ्ने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएका छन् । कार्यक्रमको सहजीकरण समूहका बरिष्ठ उपाध्यक्ष हरिराम चौधरीले गरेका थिए ।
