
Ggp
Rgp
Lnp
Asb
Rgp
Jns
Rgp
ksb
Lks
Usb
Dus
Rgp
Ggp
Sgp
lnp

lms

काठमाडौं । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीत भएको थियो ।
त्यस्तै सरकारले यहीँ पुस ११ गते मन्त्रिपरिषबाट ऐन स्वीकृत गरेर पुस २१ गते राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयनमा लगेको हो । गृह मन्त्रालयले त्यसलाई कार्यान्वयनमा लैजान ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ ।
