
Pes
Ggp
cjs
Djs
Srbpu
pku
Pbu
Ses
Gfs
Unsku
Lnp
Sgr
Rgp
Rgp1

Bbu
Bbbpu
Sbs
Asm
Rgu
Pvg
nsb
Gst
Ssm
Ggd
Ksm
Tsm
Rgs
Hal
Sls
Rgu
Vor
Wsp
Rsb

Mks
bbt
Bml
Syp
Pls
Abd
Gsb
Jmb
sab
Rpp
Rmb
Jmb
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र पुनःसञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग आवश्यक सहयोगको माग गरेको छ ।
सोमबार गाउँपालिका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा गएको कार्यपालिका सदस्यहरुको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटी केन्द्र पुनः सञ्चालनका लागि सहयोग माग गर्दै मागपत्र बुझाएको हो ।
गाउँपालिकाका अनुसार बढ्दो जनसंख्या र तीव्र शहरीकरणका कारण फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
यसै सन्दर्भमा गाउँपालिकाले विगत दुई वर्षदेखि शून्य फोहोर अवधारणामा आधारित फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरी सञ्चालन गर्दै आएको थियो । उक्त केन्द्रमार्फत फोहोर संकलन, वर्गीकरण तथा प्रशोधन कार्यका साथै प्लास्टिकजन्य फोहोरबाट इन्टरलक टायल उत्पादनसमेत हुँदै आएको थियो । तर हालै केन्द्रमा भएको आगलागीका कारण त्यहाँ रहेका भौतिक संरचना, मेसिन तथा उपकरणमा क्षति पुगेपछि फोहोरमैला संकलन तथा व्यवस्थापन कार्य प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
मागपत्र बुझाउँदै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले फोहोरमैला व्यवस्थापन वातावरणीय संरक्षण र जनस्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको विषय भएको उल्लेख गर्दै केन्द्रलाई तत्काल पुनः सञ्चालनमा ल्याउन आवश्यक रहेको बताए । उनले सरसफाइ केन्द्र पुनः सञ्चालनका लागि आवश्यक उपकरण खरिद तथा संरचना निर्माणमा प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे । अध्यक्ष विष्टका अनुसार केन्द्र पुनः सञ्चालनका लागि मिक्स्चर,एग्लो टायल मेसिन, इन्टरलक मेसिन,स्लग मेसिन,कूलिङ मेसिन लगायतका उपकरण खरिद गर्नुका साथै केही भौतिक संरचना निर्माण गर्नुपर्ने अवस्था छ ।
यसका लागि करिब १ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको सहयोग आवश्यक रहेको विवरणसहित मुख्यमन्त्रीसमक्ष मागपत्र पेश गरिएको हो । मागपत्र बुझ्दै मुख्यमन्त्री चेतनारायण आचार्यले सरसफाइ व्यवस्थापन पालिकाको मात्र दायित्व नभई प्रदेश सरकारको समेत जिम्मेवारी भएको उल्लेख गरे । उनले कानुनले दिएको सीमाभित्र रहेर खर्च शीर्षक परिवर्तन गरेर भएपनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त भएमा फोहोरमैला व्यवस्थापन केन्द्र पुनः सञ्चालन भई स्वच्छ,सफा तथा स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।
