
Ggp
Sgp
Dus
Rgp
Rgp
Usb
Rgp
Jns
ksb
Asb
Ggp
lnp
Lks
Rgp
Lnp

lms

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मदपुर निवासी यमकुमारी रावत मंगलवार गाउँपालिका मार्फत चुलो वितरण हुने खबर पाएर वडा नम्बर ६ को कार्यालयमा आएको बताइन् । बजारमा झण्डै ४ हजारको हाराहारी मुल्य पर्ने बिजुलीवाला चुलो ८ सय ६५ मात्र तिरेर पाउँदा आफूलाई खुसी लागेको उनले भनिन् ।
उनका जस्तै गढवा गाउँपालिका वडा नम्बर ६ प्रगतिनगर निवासी खिमा भण्डारीले पनि ७८ प्रतिशत रकम सरकारले छुट गराएर चुलो उपलब्ध गराएको बताइन् । स्थानीय सरकारको पहलमा ४ हजार पर्ने चुलो ८ सय ६५ मा पाउँदा औधी खुसी लाग्यो–स्थानीयवासी कमला खनालले भनिन् । सरकारी अनुदानमा चुलो पाउँदा हामी खुसी छौं । उनिहरु जस्तै मंगलवार पहिलो लटमा गढवा गाउँपालिका वडा नम्बर ६ ले गढवामै पहिलो पल्ट ८० जनालाई बिद्युतिय चुलो वितरण गर्दा चुलो पाएका सबै नागरिकहरु खुसी देखिन्थे ।
गढवा गाउँपालिकाले वडा नम्बर ६ बाट यो अभियान सुरु गरेको हो । पालिकाका आठवटै वडाहरुमा माग संकलन गरि चुलो वितरण गर्न सुरु गरिएको छ । हालसम्म सबै वडाहरुमा झण्डै १ हजार बढी चुलोको माग संकलन भएको गढवा गाउँपालिकाले जनाएको छ । निकै कम लागतमा चुलो पाउने भएपछि गढवाका नागरिकहरु उत्साहित बनेका छन् ।
नेपाल सरकारको उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गत बैकल्पीक उर्जा प्रवर्धन केन्द्र ताहाचाल काठमाडौंले तराईका २२ जिल्लाहरुका १ सय ८४ स्थानीय तहमा ५ लाख बिद्युत्तिय चुलो र ४ लाख ९० हजार सुधारिएको चुल्हो वितरणको लक्ष्य लिएको र सोहि अभियान अन्तर्गत नागरिकहरुलाई अनुदानमा चुलो वितरण गर्दै आएको प्रवर्धन केन्द्रका प्रतिनिधी गिरिराज भण्डारीले बताए ।
विद्युत्तिय चुलोमा उपभोक्ताहरुको २२.९४ प्रतिशत मात्र लागत लाग्ने भएको छ भने सुधारिएको चुलोमा जम्म ५ प्रतिशत लगानी लाग्ने भएको छ । झण्डै ४ हजार पर्ने बिद्युतिय चुलो ८ सय ६५ रुपियाँमा वितरण गरिएको छ भने बजार मुल्य झण्डै ६ हजार पर्ने सुधारिएको चुलो ३ सयमा उपभोक्ताहरुले पाउने भण्डारीले जानकारी दिए ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न,वन माथीको मानविय चाँप घटाउन र वातावरण तथा जैविक विविधताको संरक्षण गर्न बिद्युत्तिय र आधुनीक चुलोले निकै मद्दत गर्ने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए ।
नेपाल सरकार र बैकल्पिक उर्जा प्रवर्धन केन्द्रको लक्ष्य अनुरुप तराइका जिल्लाहरुमा चुलो वितरण अभियान प्रभावकारी रुपमा अगाडी बढीरहेको बताइएको छ । कम खर्चमा बिपन्न र सिमान्तकृत वर्ग समुदायका नागरिकहरुको घरमा चुलोको पहुँच पुरयाउने स्थानीय सरकारको लक्ष्य रहेको गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरबहादुर आले मगरले बताए ।
त्यस्तै बिद्युत्तिय चुलोमा हरित जलवायु कोषको १० प्रतिशत, बैकल्पीक उर्जा प्रवर्धन केन्द्रको ४७.९७ प्रतिशत र स्थानीय तहको १९ प्रतिशत लागत साझेदारी रहँदा उपभोक्ताको २२.९४ प्रतिशत लगानी लाग्ने र सुधारिएको चुलोमा सरकारका निकायहरुको ९५ प्रतिशत लागत साझेदारी रहँदा नागरिकहरुले जम्म ५ प्रतिशत रकम तिरेर चुलो पाउने प्रावधान रहेको बैकल्पीक उर्जा प्रवर्धन केन्द्रका गिरीराज भण्डारीले बताए ।
गढवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बिरवहादुर आले मगरको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा ओयोजित कार्यक्रममा ८० जना नागरिकहरुलाई बिद्युतिय चुलो वितरण गरिएको हो । गढवा गाउँपालिकाका आठवटै वडाहरुमा क्रमसः फाराम भोरी माग गरेका ९ सय ४७ नागरिकहरुलाई बिद्युतिय र आधुनिक चुलो वितरणको कार्यक्रम रहेको पालिकाले जनाएको छ । कार्यक्रममा वडा सदस्य दिनमणि आचार्य,स्थानीय बुद्धिजिवी कपिलदेख खनाल लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण वडा सचिव बिष्णु बिसीले गरेका थिए ।

