
Sgr
Pes
Ses
pku
Lnp
Srbpu
Rgp
cjs
Ggp
Djs
Unsku
Gfs
Pbu
Rgp1

Ggd
Wsp
Rgs
Asm
Rgu
Ssm
Gst
Sbs
Hal
Ksm
Vor
Rsb
Pvg
Rgu
Tsm
Sls
Bbu
nsb
Bbbpu

Mks
Rmb
bbt
Syp
Jmb
sab
Pls
Abd
Jmb
Gsb
Rpp
Bml
Ptm
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५, चैनपुरस्थित माध्यमिक विद्यालय चैनपुरमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।
सामाजिक विकास मन्त्रालय,लुम्बिनी प्रदेशबाट विद्यालयमा दुई कोठे भवन निर्माणका लागि विनियोजित ३० लाख रुपैयाँ बजेट अन्तर्गत टेण्डर प्रक्रिया सम्पन्न भई निर्माण हुन लागेको भवनको शिलन्यास गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापाबाट सम्पन्न गरिएको हो ।
त्यसैगरी,गढवा गाउँपालिकाको आयोजनामा अक्षर सुधार तथा उत्प्रेरणा कार्यशालाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष द्वारिका प्रसाद यादवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका–५ का वडा अध्यक्ष लेखराज थापा रहेका थिए ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक हिमाल प्रकाश अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यशालाको सहजीकरण गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले गरेका थिए भने कार्यशालामा प्रशिक्षकको भूमिकामा हिमाल डाँगी रहेका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीहरुको सिकाइ क्षमता विकास तथा शिक्षक –विद्यार्थीबीचको सकारात्मक उत्प्रेरणाका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो । स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुको सहभागितामा सम्पन्न कार्यक्रमले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
