
Pbu
Sgr
Lnp
cjs
Gfs
Unsku
Rgp1
Ses
Ggp
Rgp
pku
Pes
Srbpu
Djs

Rsb
Sls
Vor
Tsm
Rgu
Ggd
Gst
Hal
Sbs
Wsp
Ssm
nsb
Asm
Bbbpu
Pvg
Rgs
Ksm
Rgu
Bbu

Rmb
Ptm
sab
bbt
Bml
Abd
Jmb
Pls
Gsb
Mks
Rpp
Jmb
Syp
दाङ । गढवा गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विपद व्यवस्थापन, पूर्वतयारी,सम्भावित जोखिमको पहिचान तथा भविष्यमा आउन सक्ने चुनौतीहरुको विषयमा आज छलफल कार्यक्रम सम्पन्न भएको छ ।
गढवा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीबीच सहकार्य गरेर पालिकामा देखिएका विपदजन्य घटनाहरुको पहिचान,न्यूनीकरण तथा समाधानका उपायबारे छलफल गरिएको हो ।
कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी कृष्णसहितको टोलीबीच विस्तृत विचार–विमर्श भएको थियो । छलफलका क्रममा अध्यक्ष पोख्रेलले गढवा गाउँपालिकामा बाढी, आगलागी र सर्पदंशका घटनाहरु उच्च जोखिममा रहेको उल्लेख गर्दै यी क्षेत्रलाई प्राथमिकतामा राखि नेपाल रेडक्रससँग सहकार्य गर्न पालिका पूर्ण रुपमा तयार रहेको बताए । तीन मुख्य विपद जोखिमका क्षेत्रमा लगानी र साझेदारी गरेर प्रभावकारी काम गर्न सकिनेमा आफूहरु प्रतिबद्ध रहेको उनको भनाइ थियो । नेपाल रेडक्रससँग सहकार्य गर्न पाउनु पालिकाका लागि गौरवको विषय भएको पनि उनले उल्लेख गरे ।
त्यसैगरी अध्यक्ष पोख्रेलले पालिकाका केही स्थानमा खहरे खोलाको कटान र पटानका कारण भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने भन्दै त्यसको रोकथाम तथा व्यवस्थापनका लागि पनि नेपाल रेडक्रससँग मिलेर कार्यक्रम सञ्चालन गर्न पालिका तयार रहेको जानकारी दिए ।
त्यस्तै उनले यसअघि सञ्चालन भएको ‘ईन्कोर’ परियोजनाले राम्रो काम गरेको स्मरण गर्दै विपदको समयमा पालिकाले मात्र सबै खालको सन्तोषजनक सहयोग गर्न नसक्ने अवस्था रहेको बताउदै यस्तो परिस्थितिमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण र आवश्यक रहेको भन्दै यसलाई पालिका तथा व्यक्तिगत रुपमा पनि आफ्नो सौभाग्यका रुपमा लिएको बताए ।
छलफल कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल,स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरी,विपद व्यवस्थापन शाखा प्रमुख शेषमणि पौडेल,जनमुखी माध्यमिक विद्यालय रङसिङका प्रधानाध्यापक ज्ञानहरी रिजाल,सब–इन्जिनियर चन्द्रप्रकाश वली, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनी कृष्ण,कार्यालय प्रमुख शंकर भट्टराई,नेपाल रेडक्रस सोसाइटी दाङका सभापति मदन गौतम,उपशाखा गढवाका सभापति उमाकान्त पन्त,सचिव आलोक भावुक लगायतको सहभागिता रहेको थियो ।
