
Dus
Ggp
Rgp
ksb
Usb
Ggp
Rgp
Rgp
Sgp
Asb
Jns
Lks
Rgp
lnp
Lnp

lms

काठमाडौँ । पछिल्लो समय देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरुमा हुस्सु लागेको छ । तराई भूभागका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो रहनेछ ।
त्यस्तै कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । यसको प्रभावले दैनिक जनजीवन, पर्यटन,स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएको छ ।
