
Rgp
ksb
Dus
Jns
Ggp
Rgp
Lks
Lnp
Asb
Sgp
Ggp
Rgp
Usb
lnp
Rgp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाइ कार्यक्रम आइतबार सम्पन्न भएको छ।
गाउँपालिका तथा मातहतका कार्यालयहरुको काम–कारबाही,सेवा प्रवाह र योजनासम्बन्धी सार्वजनिक विषयमा सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया गराई सेवाप्रति उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए ।
कार्यक्रममा अध्यक्ष विष्टले गाउँपालिकाको समृद्धि, विकास र नागरिकमैत्री सेवा प्रवाहमा पालिका निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकहरु प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गर्दै त्यसप्रति पालिका सचेत रहेको धारणा राखे । अध्यक्ष विष्टले जनप्रतिनिधि र कर्मचारी इमानदार भए मात्र राष्ट्रले सही निकास पाउने बताउँदै राप्तीवासीका रचनात्मक सुझाव,सल्लाह र खबरदारी निरन्तर आवश्यक रहेको बताए । सीमित स्रोत–साधनका कारण काम ढिलो–चाँडो हुन सक्ने उल्लेख गर्दै उनले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी जनताको आवश्यकता पूरा गर्ने गरी पालिका अघि बढिरहेको जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले पहिलो चौमासिक अवधिसम्ममा गाउँपालिकाले गरेका काम र प्रगतिबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले गाउँपालिकाले प्रवाह गर्ने सेवासम्बन्धी नागरिक धारणा समेटिएको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइमा सहभागीहरुले शिक्षा, स्वास्थ्य,कृषि, सडक,सिँचाइ,विद्युत,सुशासन लगायत गाउँपालिका तथा मातहतका कार्यालयबाट प्रवाह गरिने सेवाका विषयमा जिज्ञासा र सुझाव राखेका थिए । सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासामा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक तथा विभिन्न शाखा प्रमुखहरुले जवाफ दिएका थिए ।
स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने महत्वपूर्ण औजारका रुपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम राप्ती गाउँपालिकाले प्रत्येक चौमासिक रुपमा गर्दै आइरहेको छ ।
