
Sgr
Unsku
Pes
Djs
Lnp
Pbu
Rgp1
Rgp
Srbpu
Ses
Gfs
cjs
Ggp
pku

Rgu
Hal
Ksm
Rgu
Asm
Tsm
Ssm
Bbbpu
Rgs
Ggd
Sbs
Gst
nsb
Pvg
Sls
Bbu
Vor
Wsp
Rsb

Ptm
Abd
Pls
bbt
Mks
Jmb
sab
Gsb
Jmb
Rmb
Rpp
Syp
Bml
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुरको आयोजना तथा गढवा उद्योग बाणिज्य संघको समन्वय सहकार्यमा गढवा तथा राजपुरका ब्यवसायिहरुलाइ आयकर,मूल्य अभिबृद्दी कर र आर्थिक ऐन-२०८२ का छुट सम्बन्धी करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम बुधबार आज गढवामा सम्पन्न भएकाे छ ।
आन्तरिक राजश्व कार्यालय तुलसिपुरका कर प्रमुख श्रीधर टण्डनकाे अध्यक्षता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश बसेलकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाल्दै अध्यक्ष बसेलले आर्थिक ऐन २०८२ ले दिएका सुबिधाहरु लिन सम्पुर्ण उद्योगी ब्यबसायिहरुलाइ अनुराेध गरेका थिए । गढवा र राजपुर गाउँपालिकाका ननफाईलर करदाताकाे सम्पुर्ण बिबरण गढवा उद्योग बाणिज्य संघमा प्राप्त भएकाले संघमा सम्पर्क गरि लाभ लिन अध्यक्ष बसेलले सम्पुर्णमा अनुराेध गरेका छन् । हामी प्रत्येक वडा अध्यक्षसँग समन्वय गरि वडा वडामा जानकारी पठाई लाभ लिन अनुराेध गर्छाै अध्यक्ष बसेलले भने,याे अवसर हाे सदुपयोग गर्नुस अध्यक्ष बसेलले भने । कार्यक्रममा बाेल्दै अध्यक्ष बसेलले हामी सम्पर्ककाे प्रयास गरिरहेका छाैं,धेरै सम्पर्क भन्दा बाहिर हुनुहुन्छ,उनीहरुकाे घरसम्म सुचना प्रवाह गरि लाभकाे विषयमा जानकारी गराउने समेत बताए ।
कार्यक्रममा बाेल्दै आन्तरिक राजश्व कार्यालय तुलसिपुरका कर प्रमुख श्रीधर टण्डनले याे छुटमा सहभागी हुन सबैमा अनुराेध गरे । उदाहरण दिदै प्रमुख टण्डनले २६ लाख भुक्तान गर्ने करदाताले छुटमा १० लाखसम्म बुझाए हुने बताए । याे अवसर हाे सदुपयाेग गर्नुस्,केही गुनासाे सहजिकरण चाहीएमा ब्यबसायिक संस्था उद्योग बाणिज्य संघ वा आन्तिरक राजश्व कार्यालय दाङमा समन्वय सहकार्य गर्न समेत उद्योगी ब्यबसायिलाइ अनुराेध गरे ।
त्यस्तै छुट पाैष मसान्तसम्म रहेकाले नन फाइलर उद्योगी ब्यबसायिलाई लाभ लिन अनुराेध गर्दै प्रमुख टण्डनले उद्योग बाणिज्य संघले ब्यबसायिसँग समन्वय गरि प्रचारप्रसारलाई व्यापक बनाउन र सबैलाई जानकारी गराइदिनुहुन अनुराेध गरे ।
कार्यक्रममा उद्योगी,ब्यबसायीहरुले कर सम्बन्धि तथा ब्यबसायका विषपमा धारणा राखेका थिए । ब्यबसायिकाे बारेमा कर अधिकृतहरुले जवाफसहितकाे धारणा राखेका थिए भने कर अधिकृत उपेन्द्र पुनले सहजिकरण गरेका थिए ।
कार्यक्रममा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिम बहादुर बुढा, पुर्व अध्यक्ष रबिलाल आचार्य,गढवा गाउँपालिका राजश्व शाखा प्रमुख कुलराज कुमाल,जनप्रतिनिधि दिनामणी आचार्य, हाेटल ब्यबसायि संघका अध्यक्ष राम बहादुर थापा, पत्रकार शिबराज पन्थि लगायतकाे सहभागिता रहेकाे थियाे । आर्थिक ऐन २०८२ ले प्रदान गरेकाे छुट सुबिधालाई विशेष प्राथमिकता राखि कार्यक्रम आयाेजना गरिएकाे थियाे ।
