
Lnp
Dus
Usb
lnp
Asb
Lks
ksb
Ggp
Rgp
Jns
Rgp
Rgp
Rgp
Ggp
Sgp

lms

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको सौन्दर्यकरण गर्ने नाममा पूर्व-पश्चिम राजमार्गका जथाभावी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र ३ जना वडा अध्यक्ष सहित ८ जना दोषी ठहर भएका छन् ।
दाङ जिल्ला अदालतले उक्त मुद्दाको सुनवाई गर्दै राप्ती गाउँपालिकाका प्रकाश विष्ट र ३ जना वडा अध्यक्ष सहित ८ जनालाई दोषी ठहर गरेको हो ।
गत पुस २ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट,वडाध्यक्ष चौधरी समेत ९ जना विरुद्ध ‘बिना ईजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सुचना अधिकारी गोकर्ण वलीले जानकारी दिए ।
वडा नम्बर ४ का वडा अध्यक्ष बीरबहादुर चौधरी समेत ९ जना विरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ । सुचना अधिकारी वलीका अनुसार अदालतले राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट सहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का,५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी,काठ खरिद गर्ने झविन्द्र भण्डारी,अभियान चौधरी,नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५/१५ दिनको कैद सजायको फैसला सुनाएको छ ।
त्यस्तै तत्कालिन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको सुचना अधिकारी वलीले जानकारी दिए । फैसलाको पूर्णपाठ भने आउन अझै समय लाग्ने सुचना अधिकारी वलीले बताए । २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरी, दाङका स.ब.अ. छोटेलाल चौधरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका विष्ट सहितको समूहले भालुवाङदेखि सिंगेखोलासम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाँ र बायाँ रहेका रुखहरु बिना अनुमति काटेर ओसारपसार गरेकाे आराेप लागेकाे थियाे । सो कार्यको विरुद्धमा उनीहरुलाई हदैसम्मको कारबाही माग राखेर दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
