
pku
Rgp1
Ggp
Djs
Pes
Gfs
Lnp
Sgr
cjs
Rgp
Srbpu
Ses
Pbu
Unsku

Vor
Rsb
Ssm
nsb
Gst
Sbs
Pvg
Ggd
Rgs
Sls
Wsp
Hal
Rgu
Ksm
Asm
Tsm
Bbu
Rgu
Bbbpu

Rpp
bbt
Pls
sab
Abd
Rmb
Syp
Jmb
Bml
Gsb
Mks
Jmb
Ptm
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको सौन्दर्यकरण गर्ने नाममा पूर्व-पश्चिम राजमार्गका जथाभावी रुख कटान गरेको मुद्दामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट र ३ जना वडा अध्यक्ष सहित ८ जना दोषी ठहर भएका छन् ।
दाङ जिल्ला अदालतले उक्त मुद्दाको सुनवाई गर्दै राप्ती गाउँपालिकाका प्रकाश विष्ट र ३ जना वडा अध्यक्ष सहित ८ जनालाई दोषी ठहर गरेको हो ।
गत पुस २ गते जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट,वडाध्यक्ष चौधरी समेत ९ जना विरुद्ध ‘बिना ईजाजत प्रमाण बेगर सडक क्षेत्राधिकार भित्रको रुख काटी काठ ओसारपसार गरेको’ मुद्दामा फैसला सुनाएको अदालतका सुचना अधिकारी गोकर्ण वलीले जानकारी दिए ।
वडा नम्बर ४ का वडा अध्यक्ष बीरबहादुर चौधरी समेत ९ जना विरुद्ध दायर भएको रुख काटेर ओसारपसार गरेको मुद्दामा आंशिक अभियोग दाबी पुग्ने फैसला गरेको छ । सुचना अधिकारी वलीका अनुसार अदालतले राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बीर बहादुर चौधरीलाई १ महिना कैद र १ लाख ४१ हजार २ सय २६ रुपैयाँ बिगो भराउने आदेश भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष विष्ट सहित १ नम्बर वडा अध्यक्ष गेमे खड्का,५ नम्बर वडा अध्यक्ष देवप्रसाद चौधरी,काठ खरिद गर्ने झविन्द्र भण्डारी,अभियान चौधरी,नन्दु गिरी र केशरबहादुर चौधरीलाई १५/१५ दिनको कैद सजायको फैसला सुनाएको छ ।
त्यस्तै तत्कालिन सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवाललाई भने अदालतले सफाइ दिएको सुचना अधिकारी वलीले जानकारी दिए । फैसलाको पूर्णपाठ भने आउन अझै समय लाग्ने सुचना अधिकारी वलीले बताए । २०८० मंसिर १० गते डिभिजन वन कार्यालय लमही, देउखुरी, दाङका स.ब.अ. छोटेलाल चौधरीको जाहेरी प्रतिवेदनका आधारमा मुद्दा परेको थियो ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट राप्ती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका विष्ट सहितको समूहले भालुवाङदेखि सिंगेखोलासम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाँ र बायाँ रहेका रुखहरु बिना अनुमति काटेर ओसारपसार गरेकाे आराेप लागेकाे थियाे । सो कार्यको विरुद्धमा उनीहरुलाई हदैसम्मको कारबाही माग राखेर दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
