
Ggp
Pbu
Srbpu
Unsku
cjs
Ses
Sgr
pku
Lnp
Gfs
Djs
Rgp
Pes
Rgp1

nsb
Gst
Sls
Ksm
Asm
Sbs
Ggd
Tsm
Ssm
Bbu
Rgs
Rgu
Wsp
Pvg
Vor
Rgu
Hal
Rsb
Bbbpu

Mks
bbt
Jmb
Ptm
Abd
Pls
sab
Rmb
Syp
Gsb
Jmb
Rpp
Bml
सल्यान । प्रहरीले एकैपटक ठूलो परिमाणमा अबैध हतियार नियन्त्रणमा लिएको छ । आगामी निर्वाचनलाई शान्तिपूर्ण,निष्पक्ष र भयमुक्त वातावरण सम्पन्न गराउने उद्देश्यले जिल्लाका विभिन्न स्थानबाट एकैपटक ३३ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
त्यस्तै उनका अनुसार बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १०, ११ र १२ का विभिन्न स्थानबाट १५ थान, त्रिवेणी गाउँपालिकाबाट १० थान तथा अन्य पालिकाबाट ८ थान गरी कुल ३३ थान अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
यस्तै प्रहरीका अनुसार ती हतियारहरु स्थानीयले घरभित्र,गोठ ,घाँसको थुप्रो,ओढार तथा विभिन्न गोप्य स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेका हुन् । गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी ती हतियारहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
