
Lnp
Rgp
Unsku
Ses
Rgp1
cjs
Pes
pku
Djs
Ggp
Srbpu
Sgr
Pbu
Gfs

Sls
Rgu
Asm
Rsb
Ksm
Ggd
Sbs
Pvg
nsb
Bbu
Gst
Wsp
Bbbpu
Tsm
Rgu
Ssm
Rgs
Vor
Hal

Ptm
Jmb
Rpp
Abd
Gsb
Mks
bbt
sab
Bml
Jmb
Rmb
Pls
Syp
रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर –२, खुंग्रीस्थित प्रहरी चेकपोष्टमा अवैध रुपमा बालुवा ओसारपसार गरिरहेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार हिजो दिउँसो २ बजेको समयमा सवारी साधन चेकजाँच गर्ने क्रममा रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सिर्प बस्ने अन्दाजी ३३ वर्षका तकमान सार्कीले चलाएको रा १ त ४९७९ नम्बरको ट्याक्टर रोयल्टी नकटाई अवैध रुपमा बालुवा लोड गरी ल्याइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै चेकजाँचका क्रममा चालकको साथमा सवारी दर्ता किताबसमेत नभएको पाइएपछि ट्याक्टरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुलिचौर पठाइएको थियो । बिहिवार अपराह्न १३ः५० बजे सुनिलस्मृति गाउँपालिकामा (पाँच हजार रुपैयाँ) जरिवाना तिरेपछि ट्याक्टर चालकको जिम्मा लगाई छाडिएको जिल्ला जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए ।
