
Unsku
Ggp
Srbpu
Gfs
Djs
Rgp
Rgp1
Sgr
Pes
Pbu
pku
cjs
Ses
Lnp

Rgs
Rgu
nsb
Hal
Rsb
Gst
Bbu
Pvg
Vor
Wsp
Sls
Ggd
Asm
Sbs
Bbbpu
Ksm
Tsm
Rgu
Ssm

Syp
sab
Rpp
Jmb
Ptm
Jmb
Rmb
bbt
Pls
Abd
Gsb
Mks
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुन लागेको छ ।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यहि पुस २५ गतेदेखि माघ ११ गते सम्म महोत्सव लगाउन लागेको हो । संघले सोमवार भालुवाङमा पत्रकार सम्मेलन गरेर महोत्सव सञ्चालन गर्ने विषयमा जानकारी गराएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकका देउखुरी भित्र रहेका अपार सम्भावना बोकेका र अवसरको खोजीमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धधनमा थप टेवा पुग्ने आयोजकको दावी रहेको छ । त्यस्तै कला संस्कृतिको संरक्षण सँगै स्थानीय स्तरमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्नुको साथै उत्पादनमा बृद्धि गरी आर्थिक पक्ष सवल गराउने र संकलित रकमले कार्यालय भवन सहित अन्य संरचना निमार्ण तथा मर्मत गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् ।
त्यस्तै महोत्सवमा विभिन्न १ सय ५० वटा स्टलहरु रहने छ । जसमा करिव ३० वटा कृषि तथा उद्यम विकासका स्टल राखिने छ । महोत्सव अवधीभर करीब १ लाख २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्ने र १ करोड बढीको कारोवार हुने अनुमान रहेको संघका अध्यक्ष खड्काले जानकारी दिए । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती सँगै महोत्सवको मुख्य आकर्षकको रुपमा जलपरि रहने साथै चर्के पिङ, बाल उद्यान, लगायतका मनोरञ्जन रहने छन् । भने स्टलमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन रहने छ । महोत्सवको उद्घाटनका दिन प्रदर्शन गरिने झाँकी मध्ये प्रथम हुनेलाई नगद १० हजार, दोसो हुनेलाई नगद ७ हजार र तेस्रो हुनेलाई ५ हजार र सान्त्वना स्वरुप ३–३ हजार नगद प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए ।
यस्तै महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैया, विद्यार्थीका लागि ८० रुपैयाँ र जेष्ठ नागरिक तथा अपाङगता भएका नागरिकहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठन गरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
संघका अध्यक्ष सुरज खड्का संयोजक रहने गरी मुल आयोजक समिति गठनगरी महोत्सवलाई भव्य तथा सभ्य बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसमा सुरज खड्काको संयोजकत्वमा स्थानीय प्रशासन उपसमिति,बसन्त गिरीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति,बासुदेव न्यौपानेकोे संयोजकत्वमा प्रचारप्रसार उपसमिति र झाँकी व्यवस्थापन उपसमिति,चन्द्र प्रकाश आचार्यको संयोजकत्वमा बाल साँस्कृतिक क्लव उपसमिति, जगत प्रसाद पोख्रेलको संयोजकत्वमा पाहुना स्वागत सत्कार उपसमिति,विष्णु प्रसाद बोहराको संयोजकत्वमा आर्थिक उपसमिति,मोहन आचार्यकोे संयोजकत्वमा स्टल तथा कृषि व्यवस्थापन उपसमिति, हिमानन्द पाण्डेको संयोजकत्वमा अनुगमन उपसमिति, जीवराज शर्माको संयोजकत्वमा झाँकी मुल्याङकन उपसमिति,बिनोद कुमार पाण्डेयको संयोजकत्वमा यातायात उपसमिति र चन्द्र प्रकास आचार्यको संयोजकत्वमा स्वास्थ्य उपसमिति लगायतका उपसमितिहरु गठन गरिएका छन् ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुरज खड्का, बरिष्ठ उपाध्यक्ष बसन्त गिरी,उपाध्यक्ष चन्द्र प्रकास आचार्य, महासचिव बासुदेव न्यौपाने लगायत विभिन्न संचार माध्यमका संचाकर्मीहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव बासुदेव न्यौपानेले गरेका थिए ।
