
Srbpu
Rgp
Ggp
pku
Pes
Lnp
Rgp1
Gfs
Ses
Djs
Unsku
Pbu
cjs
Sgr

Vor
Ksm
Rgu
Rgs
Sbs
Pvg
Sls
Wsp
Ssm
Tsm
nsb
Rsb
Ggd
Hal
Rgu
Bbbpu
Gst
Bbu
Asm

Syp
Mks
bbt
Rmb
Jmb
Ptm
Bml
Rpp
Jmb
Gsb
Abd
sab
Pls
दाङ । देउखुरीको राप्ती गाउँपालिका–६ मा आठ वर्षअघि सुरु गरिएको पत्थरगढवा खानेपानी तथा सरसफाइ आयोजना लामो समयसम्म अलपत्र अवस्थामा रहँदै आएको थियो । सुरुवात त गरिए पनि आयोजना विभिन्न कारणले सम्पन्न हुन सकेको थिएन ।
राप्ती गाउँपालिका–६ निवासी नेपाली काङ्ग्रेसका युवा नेता संसाद अलीको सक्रिय पहलपछि उक्त खानेपानी आयोजना पुनः सञ्चालनमा आउन लागेको हो । लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री सरोज थापा (रोज राणा) को विशेष पहलमा आयोजनाको बाँकी काम पुनः सुरु गरिएको छ ।
आठ वर्षदेखि बेवास्तामा परेको उक्त आयोजनाका विषयमा स्थानीय सरकारले ध्यान नदिएपछि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको युवा नेता अलीले बताए । “स्थानीय सरकारले बेवास्ता गरेपछि हामी लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री रोज राणा समक्ष पुगेका थियौं । समस्या राखेपछि अहिले आयोजना पुनः सञ्चालनमा आएको छ,” उनले भने।
त्यस्तै उक्त खानेपानी आयोजना सञ्चालनका लागि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरी,दीपक चौधरी,पवन चौधरी,धनिराम चौधरी लगायतका नेताहरूको समेत सक्रिय सहभागिता रहेको छ । खानेपानी आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि सगरापुर,बगरापुर, पत्थरगढवा,मझेरिया,भगवानपुर र जगपुरका स्थानीय बासिन्दाको घरघरमा सुरक्षित पिउने पानी पुग्ने अपेक्षा गरिएको छ ।
