प्रिया स्मृती गजमेर/लमही आइतबार, मंसिर २८, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिका–६ मा आठ वर्षअघि सुरु गरिएको पत्थरगढवा खानेपानी तथा सरसफाइ आयोजना लामो समयसम्म अलपत्र अवस्थामा रहँदै आएको थियो । सुरुवात त गरिए पनि आयोजना विभिन्न कारणले सम्पन्न हुन सकेको थिएन ।

राप्ती गाउँपालिका–६ निवासी नेपाली काङ्ग्रेसका युवा नेता संसाद अलीको सक्रिय पहलपछि उक्त खानेपानी आयोजना पुनः सञ्चालनमा आउन लागेको हो । लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री सरोज थापा (रोज राणा) को विशेष पहलमा आयोजनाको बाँकी काम पुनः सुरु गरिएको छ ।

आठ वर्षदेखि बेवास्तामा परेको उक्त आयोजनाका विषयमा स्थानीय सरकारले ध्यान नदिएपछि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको युवा नेता अलीले बताए । “स्थानीय सरकारले बेवास्ता गरेपछि हामी लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री रोज राणा समक्ष पुगेका थियौं । समस्या राखेपछि अहिले आयोजना पुनः सञ्चालनमा आएको छ,” उनले भने।

त्यस्तै उक्त खानेपानी आयोजना सञ्चालनका लागि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरी,दीपक चौधरी,पवन चौधरी,धनिराम चौधरी लगायतका नेताहरूको समेत सक्रिय सहभागिता रहेको छ । खानेपानी आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि सगरापुर,बगरापुर, पत्थरगढवा,मझेरिया,भगवानपुर र जगपुरका स्थानीय बासिन्दाको घरघरमा सुरक्षित पिउने पानी पुग्ने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]