
Ggp
Rgp1
Pbu
pku
Ses
Djs
Srbpu
cjs
Gfs
Rgp
Lnp
Pes
Unsku
Sgr

Rsb
Ggd
Sls
Tsm
Hal
Ssm
nsb
Ksm
Bbbpu
Sbs
Gst
Wsp
Asm
Bbu
Rgu
Rgu
Pvg
Vor
Rgs

Jmb
Abd
bbt
Rpp
Rmb
Jmb
Gsb
sab
Syp
Ptm
Bml
Mks
Pls
काठमाडाैँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।
शुक्रबार आज दिउँसो जेनजी युवा प्रतिनिधिहरु मन्त्रालय पुगेका हुन् । जनवरी २०२५ मा जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ ।
त्यस्तै उनीहरुले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको र एकतर्फी ढंगले निर्णय लिइएको आरोप लगाएका छन् । जेनजीका प्रतिनिधि अविन गुरुङले एक्स्पोसँग सम्बन्धित अनियमितता भइसकेको सूचना पाएपछि सो प्रकरणबारे छानबिन माग गर्दै आफूहरु मन्त्रालय पुगेको बताए ।
त्यस्तै गुरुङका अनुसार विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकिएको भएपनि सुनुवाई नहुँदा मन्त्रालयसँग स्पष्टीकरण माग्न बाध्य भएको बताए । उनले भने,‘वर्ल्ड एक्स्पो जापानमा जुन भएको थियो आयोजना त्यहाँ चाहीँ भ्रष्टचार भएको भन्ने कुरा हामीले सुनिसकेपछि के रहेछ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि निवेदन परिसकेको,ठाडो उजुरी पनि परिसकेको त्यहाँबाट पनि सुनुवाई नभएपछि यहाँ के रहेछ,किन रोकियो कहाँनेरबाट कमी कमजोरी भयो भनेर हामी मन्त्रीको सचिवज्युहरुलाई भेट्न आएको आज खास आज चाहीँ ।’
यस्तै अर्का जेनजी प्रतिनिधि अमर सापकोटाले सरकारी कर्मचारीले गैरजिम्मेवारीपूर्वक एकतर्फी निर्णय लिएपछि आफूहरूले निरन्तर पत्राचार, ठाडो उजुरी र पूरक उजुरी दिएपनि कुनै निष्कर्ष ननिस्किएको बताए । दुवै पक्षलाई बोलाएर मात्रै छानबिन हुनुपर्नेमा त्यसो हुन नसक्नु गम्भीर भएको उनले टिप्पणी गरे ।
त्यस्तै उनले भने,‘हाल एक्स्पो २०२५ मा चाहीँ सरकारी कर्मचारीबाट आफ्नो कर्तव्य पूरा नगरी गैरजिम्मेवार हिसावले एक्लौटी पक्षको हिसावमा मात्र निर्णय गरेको कारणले बारम्बार पत्रचार तपाईलाई सीआईबीमा जाँदा पनि,अनुसन्धान ब्युरोमा ठाडो उजुरी,पूरक उजु्री सबै दिँदा पनि अहिलेसम्म निष्कर्ष नआएर दुवै समूहलाई नबोलाई निष्कर्ष नगरेको कारणले हामी यहाँ आज मन्त्रीज्युसँग भेट्न आएका थियौँ ।’ एक्स्पोमा देशको गौरबमा आँच आउने गरी प्रस्तुत भएको उनको आरोप छ । –न्युज एजेन्सी नेपाल
