
cjs
Ses
Ggp
Rgp
Sgr
Gfs
Djs
pku
Srbpu
Unsku
Lnp
Pes
Rgp1
Pbu

Pvg
Bbbpu
Ssm
Vor
Ksm
Sls
Wsp
nsb
Ggd
Sbs
Rgu
Asm
Bbu
Tsm
Rgs
Gst
Hal
Rgu
Rsb

Rpp
Pls
Bml
bbt
Ptm
Abd
Jmb
Syp
Gsb
Mks
Rmb
Jmb
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नागरिकले आफ्नै जिम्मेवारीतर्फ कदम अघि बढाउँदा मात्र समाज र देशको विकास सम्भव हुने बताएका छन् ।
मंगलबार भालुबाङमा सुरु भएको ‘आधारभूत सिकाइका लागि ठूली दिदी (बिग सिस्टर) मोडेल–परिस्कृत र विस्तार परियोजना : सिकाइ–दुई’ अन्तर्गत तीन दिने क्षमता विकास कार्यशालामा अध्यक्ष विष्टले बालबालिकाको शिक्षा र सिकाइ सुधारमा ठूली दिदीहरूको भूमिकाको महत्त्वबारे बताए । उनले शिक्षा केवल विद्यालयको दायरा मात्रै नभएर समुदायकै साझा जिम्मेवारी भएको धारणा राखे । ठूली दिदी कार्यक्रमले कमजोर सिकाइ भएका बालबालिकालाई विद्यालयसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनकाे विश्वास छ।
अध्यक्ष विष्टले ठूली दिदीहरुले आफ्ना टोल–समुदायमा गएर बालबालिकालाई मार्गदर्शन गर्नुपर्ने र शिक्षा मार्फत दीर्घकालीन परिवर्तन ल्याउन सकिने पनि बताए ।
सिद्धार्थ सामाजिक विकास केन्द्र, वाणगंगा–४, कपिलवस्तुका अध्यक्ष त्रिलोचन घिमिरेले ठूली दिदी मोडेलले शिक्षामा जनजागरुकता फैलाउने, बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने र समुदायमा सकारात्मक प्रभाव पार्ने बताए ।
घिमिरेले यस परियोजना हेपेल फाउन्डेशन र भि.एस.ओ नेपालको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका चार जिल्ला कपिलवस्तु,दाङ,बाँके र बर्दियाका २० पालिकाका ६५ जना ठूली दिदी सहभागी रहेको समेत जानकारी दिए ।
तीन दिने कार्यशालामा सहभागी ठूली दिदीहरुले नेतृत्व क्षमता,आत्मविश्वास,आधारभूत सिकाइ, मार्गदर्शन सीप, समावेशी शिक्षा र अपाङ्गता–मैत्री वातावरण सम्बन्धी प्रशिक्षण प्राप्त गर्ने जनाइएको छ । तालिमपछि उनीहरुले तोकिएका सामुदायिक विद्यालय र बस्तीमा गई कमजोर विद्यार्थी तथा विद्यालय बाहिरका बालबालिकालाई शिक्षाको मुलधारमा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्ने छन्।
कार्यक्रममा राजपुर गाउँपालिका शिक्षा शाखाकी सहायक कामना चाैधरी,भि.एस.ओ नेपालका अधिकृत शिखा श्रेष्ठ, फिराेज सिद्धिकी लगायतले ‘आधारभूत सिकाइका लागि ठूली दिदी (बिग सिस्टर) मोडेल–परिस्कृत र विस्तार परियोजना : सिकाइ–दुई’ काे बारेमा धारणा राखेका थिए ।
परियोजना संयोजक यादव भुसालकाे स्वागत मन्तव्य तथा परियोजनाबारे जानकारीबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण परियोजना अधिकृत सन्जु केसीले गरेका थिए ।
