
Srbpu
Ses
pku
cjs
Rgp1
Ggp
Rgp
Djs
Pes
Gfs
Unsku
Lnp
Pbu
Sgr

Rgs
Rsb
nsb
Hal
Sbs
Wsp
Ggd
Gst
Sls
Pvg
Bbu
Rgu
Vor
Tsm
Ssm
Rgu
Bbbpu
Ksm
Asm

Mks
Abd
Rmb
Syp
sab
Bml
Gsb
Ptm
Pls
Rpp
bbt
Jmb
Jmb
दाङ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को आयोजनामा तथा गढवा गाउँपालिकाको समन्वयमा एक दिने नेतृत्व विकास परामर्श कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विविध रुप लिएर फैलिँदो लैंगिक हिंसा र साइबर अपराधका जोखिमबीच समुदायलाई सचेत,सुरक्षित र सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेल “हिंसायुक्त सोच परिवर्तन नगरेसम्म अभियान पूरा नहुने बताउदै लैंगिक हिंसा नियन्त्रणका लागि परिवार,विद्यालय, समुदाय र स्थानीय सरकार सबैको समान भूमिका आवश्यक रहेको बताए ।
“हिंसा गर्ने हातलाई मात्र होइन,हिंसा सहने बाध्यतामा पार्ने सोचलाई समेत परिवर्तन गर्नुपर्छ । प्रविधिको दुरुपयोगले नयाँ खालका जोखिम थपिएका छन्,त्यसैले सजग नागरिक निर्माण हाम्रो पहिलो दायित्व हो,”अध्यक्ष पोख्रेलले भने ।
उनले स्थानीय तहले लैंगिक हिंसाविरुद्धका कार्यक्रमलाई निरन्तर प्राथमिकतामा राख्दै महिला, किशोरी र बालबालिकाको सुरक्षाका लागि बजेट, नीतिगत व्यवस्था तथा आवश्यक समन्वय थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैंगिक हिंसा रोकथामको मूल आधार महिलाको सशक्तीकरण र अवसरसमता रहेको भन्दै सामाजिक विभेद हटाउन सामूहिक प्रयास अनिवार्य भएको बताए । “महिलालाई अभाव, डर र मौनताबाट मुक्त बनाउने वातावरण सिर्जना गर्न स्थानीय सरकार निरन्तर प्रतिबद्ध छ।” उनले भनिन् । उपाध्यक्ष चौधरीले विशेष गरी सामाजिक सञ्जालमार्फत हुने चरित्रहत्या, ब्ल्याकमेल, धम्की र धोखाधडीका घटनाले महिलालाई बढी असर गर्ने भएकाले डिजिटल सुरक्षा शिक्षालाई विद्यालय–समुदायसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा बोल्दै ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले लैंगिक हिंसा तथा साइबर अपराध दुवै सतहमा बढ्दो जोखिम भएको बताउँदै समुदाय स्तरमै सचेतना कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखे । “हाम्रा छोराछोरी कहाँ–कसरी इन्टरनेट प्रयोग गर्छन् भन्नेबारे अभिभावक स्वयं सचेत बन्नुपर्ने बेला आएको छ । अपराध घटाउने सबैभन्दा प्रभावकारी उपाय चेतना नै हो,” वडाध्यक्ष थापाले भने ।
“प्रविधिको सही प्रयोग गरौं,लैंगिक हिंसाको अन्त्य गरौं” भन्ने मूल नारासहित सीपी नेपाल सभाहलमा आयोजित कार्यक्रममा महिला–पुरुष गरी एक सयभन्दा बढी सहभागी थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले साइबर क्राइम, सामाजिक सञ्जालको दुरुपयोग,डिजिटल ठगी, सुरक्षा सावधानी लगायतका विषयमा विस्तृत प्रशिक्षण दिए ।
अधिवक्ता शुभराज चौधरीले लैंगिक हिंसा,कानुनी दायित्व, सजाय,उजुरी प्रक्रिया,कानुनी उपचार जस्ता महत्वपूर्ण विषयमा जानकारी प्रदान गर्दै सहभागीहरुलाई व्यावहारिक उदाहरणमार्फत सचेत गराए । कार्यक्रमको सहजीकरण सीपी नेपालकी महिला सशक्तिकरण कार्यक्रम संयोजक सरिता चौधरीले गरेकि थिइन् ।
यसै क्रममा आयोजक सीपी नेपालले लैंगिक हिंसा उन्मूलनका लागि समुदाय,स्थानीय सरकार,सुरक्षातन्त्र र सरोकारवाला बीच निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
