
cjs
Djs
pku
Rgp
Gfs
Sgr
Rgp1
Ggp
Pbu
Unsku
Srbpu
Pes
Ses
Lnp

Rsb
Sbs
nsb
Pvg
Rgs
Ksm
Rgu
Asm
Ssm
Gst
Ggd
Wsp
Vor
Bbbpu
Hal
Bbu
Tsm
Rgu
Sls

bbt
Rpp
sab
Jmb
Ptm
Bml
Syp
Jmb
Gsb
Rmb
Abd
Mks
Pls
दाङ । लमहीमा दुम दुम भवानी गौ संरक्षण तथा व्यवस्थापन संस्थाले आयोजना गरेको श्रीमद भागवत धन धान्यान्चल सप्ताह ज्ञान महायज्ञ अन्तर्गत सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न भएको छ । महायज्ञ कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन गरिएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले महायज्ञबाट संकलित रकम पारदर्शी रुपमा तथा उचित उद्देश्यका लागि प्रयोग गर्न आयोजक समितिलाई आग्रह गरेका छन् ।
“दानवीरहरुले प्रदान गरेको योगदान गौ संरक्षण तथा गौशाला निर्माणमै खर्चिनु समितिको प्रमुख दायित्व हो,” नगर प्रमुख चौधरीले भन्दै स्थानीय सरकारले पनि गौशाला व्यवस्थापन तथा संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दुम दुम भवानी गौ संरक्षण तथा व्यवस्थापन संस्थाद्वारा आयोजित श्रीमद भागवत धन धान्यान्चल सप्ताह ज्ञान महायज्ञ अन्तर्गत भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा लमही नगरकी उपप्रमुख लक्ष्मी योगीले गौ संरक्षणका काम प्रभावकारी बनाउन स्थानीय तहसँगको समन्वय आवश्यक हुने धारणा राखिन् । उनले समितिले वडा कार्यालय तथा लमही नगरपालिकासँग नियमित सहकार्य र समन्वय गर्ने हो भने कामकाज धेरै सहज र व्यवस्थित हुने बताइन् ।
“स्थानीयले छाडा पशु चौपायालाई एकत्रित गरेर राख्नु आफैमा ठूलो चुनौती हो । तरपनि यहाँका बासिन्दाले देखाएको साहस,हिम्मत र योजनाबद्ध प्रयास मन छुने छ,” उपप्रमुख योगीले भनिन् । “तपाईंहरु लागिरहनुस्,नगरपालिकाको साथ–सहयोग रहनेछ,” उनले थपिन् ।
दुम दुम भवानी गौ संरक्षण तथा व्यवस्थापन संस्थाद्वारा आयोजित श्रीमद भागवत धन धान्यान्चल सप्ताह ज्ञान महायज्ञको सार्वजनिक सुनुवाइ कार्यक्रममा लमही नगरपालिका–६ का वडा अध्यक्ष श्याम नारायण चौधरीले गौ संरक्षणका संरचनागत कार्यलाई प्राथमिकतामा राखेर वडा कार्यालयले बजेट विनियोजन गरिसकेको जानकारी दिए ।
उनका अनुसार गाईहरुका लागि आवश्यक टहरा निर्माणका उद्देश्यले चालु आर्थिक वर्षमै वडा कार्यालयले छुट्टै बजेट व्यवस्थापन गरेको छ । “गौशाला मेरै वडामा पर्दछ, यहाँ के–कस्तो आवश्यकता छ,म पूर्ण रुपमा जानकार छु,” अध्यक्ष चौधरीले भन्दै आगामी वर्षहरुमा पनि हरेक योजनामा गौशालालाई समावेश गर्दै बजेट निर्माण जारी रहने बताए । उक्त महायज्ञमा वडा अध्यक्ष श्याम नारायण चौधरीले नगद १ लाख १ हजार ५ सय ५५ रुपैयाँ समेत सहयोग गरेका छन् ।
महायज्ञमा २६ लाख ५५ हजार ३ सय ६६ रुपैयाँ संकलन भएको छ । जस मध्य ९ लाख ५८ हजार ५ सय ७८ रुपैयाँ विभिन्न शिर्षकमा खर्च भएको आयोजक समितिले जानकारी दिएको छ । अहिले बैंक मौज्दात १६ लाख ९६ हजार ७ सय ८८ रुपैयाँ बचत रहेको छ ।
कार्यक्रममा दाताहरु,स्थानीयवासी,समाजसेवी तथा विभिन्न सरोकारवाला पक्षहरुको सहभागिता रहेको थियो । महायज्ञबाट संकलित रकमले क्षेत्रीय गौ संरक्षण कार्यलाई थप सबल बनाउने अपेक्षा गरिएको छ ।
महायज्ञ आर्थिक उपसमितिका सदस्य ज्ञान प्रसाद चौधरीले स्वागत मन्तव्य राखेका थिए भने लोकराज पौडेलले कार्यक्रमको संचालन गरेका थिए ।
