
Sgr
Lnp
Gfs
Pes
Unsku
Rgp1
Pbu
pku
Rgp
Djs
Srbpu
cjs
Ggp
Ses

nsb
Bbu
Rsb
Rgu
Rgs
Hal
Bbbpu
Wsp
Asm
Ssm
Rgu
Gst
Sls
Pvg
Ksm
Ggd
Vor
Sbs
Tsm

Gsb
Bml
sab
Jmb
Abd
Ptm
Jmb
Pls
Syp
Rmb
Rpp
bbt
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या समाधान भएको छ ।
गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने,त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरुपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य स्थगित रहने सहमति भएपछि समस्या समाधान भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले जानकारी दिए ।
वार्तामा गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,वडा नम्बर २ का अध्यक्ष तथा प्रवक्ता पहलवान चौधरी,वडा नम्बर १ का अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी,वडा नम्बर ४ का अध्यक्ष बिरबहादुर चौधरी,वडा नम्बर ६ का अध्यक्ष दिपक कुमार चौधरी,वडा नम्बर ७ का अध्यक्ष सिताराम चौधरी,इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, कार्यपालिका सदस्यहरु तथा केही कर्मचारीहरुको सहभागी रहेको थियो।
त्यस्तै,आन्दोलनरत स्थानीयहरुकाे तर्फबाट संयोजक अशोक चौधरी,बुद्धिराम चौधरी,चैनकुमार चौधरी,मिना चौधरी, सङ्गीता चौधरी लगायतको सहभागीता रहेको थियो ।
वडा नम्बर २ पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन केन्द्रमा फोहोर उचित रुपमा व्यवस्थापन नभएको भन्दै कठाहाका स्थानीयहरुले गत सोमबारदेखि केन्द्रमा ताला लगाई आन्दोलित भएका थिए।
