
Gisld
Rbs
Gmk
mbd
Ksm
Mbdvs
Anm
Pbu
Sds
gst

Gst
Pvg
Vor
Bbbpu
Rsb
Asm
Ksm
Ggd
Rgs
Hal
Tsm
Sbs
Sls
Rgu
Rgu
Bbu
nsb
Wsp
Ssm

Gsb
Ptm
Bml
sab
Jmb
Abd
Rpp
Syp
Rmb
bbt
Jmb
Mks
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगत नाका स्तरीय १४ औं खेलकुद महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ ।
नाका स्तरीय खेलकुद समाजको आयोजना तथा राजपुर गाउँपालिकाको आर्थिक सहयोगमा संचालन हुन गइरहेको ३ दिने खेलकुद महोत्सवको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले जानकारी दिए ।
राजपुर-७,सुनपथरी नाका स्थित युगबोध आधारभूत विद्यालयमा आयोजना गरिएको खेलकुद महोत्सवमा २२ वटा विद्यालयबाट भाग लिएका छन् । मंगलबार भोलि विधिवत रुपमा खेलकुद महोत्सवको उद्घाटन हुने नाका स्तरीय खेलकुद समाजका प्रेस संयोजक शिवु खनालले जानकारी दिए । खेलकुद महोत्सवमा भलिबल, फुटबल,दौड प्रतियोगिता लगायत विभिन्न खेलहरु खेलाइने छ भने राति साँस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।
त्यस्तै यो महोत्सव हरेक वर्ष नाका क्षेत्रका २२ वटा विद्यालयहरुमा क्रमशःरोटेशनका आधारमा संचालन हुने गरेको छ । यस महोत्सवलाई विगत केही वर्ष यता राजपुर गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको समाजका अध्यक्ष खड्काले बताए । यस्तै यो महोत्सवलाई पर्वको रुपमा लिने गरिएको जनाइएको छ ।
