
Lnp
Ses
Djs
cjs
Ggp
Rgp
Gfs
Unsku
Rgp1
Pbu
Pes
Sgr
Srbpu
pku

Asm
Ggd
Bbu
Sls
Sbs
Hal
Gst
Rsb
Pvg
Rgu
nsb
Wsp
Tsm
Ksm
Vor
Bbbpu
Rgs
Ssm
Rgu

Jmb
Syp
Rpp
Abd
Mks
Bml
Pls
Ptm
Jmb
bbt
Gsb
sab
Rmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६, देउपुर स्थित देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयमा १० दिने कृत्रिम बौद्धिकता तथा कम्प्युटरको कोडिंग आधारभूत सम्बन्धि तालिमको उद्घाटन गरिएको छ ।
विद्यालयको शैक्षिक क्यालेण्डर २०८२ सालको स्पिरीट अनुरुप कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुको लागि मङ्सिर १४ गतेदेखि -२५ गतेसम्म सञ्चालन हुने तालिमको एक कार्यक्रमका बीच बिधिवत रुपमा आइतबार उद्घाटन गरिएको हो ।
विद्यालयका परीक्षा समितिका संयोजक राम औतार चौधरीको अध्यक्षता तथा सो विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक भु-माण्डप केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि केसीले समयको माग बमोजिम देउखुरी पब्लिक स्कुलले निरन्तर रुपमा विद्यार्थीहरुलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताए ।
त्यस्तै प्रधानाध्यापक केसीले स्कुलले पढाइ, खेलकुद,नृत्य लगायत बिबिध पक्षमा उत्कृष्ट नतिजा ल्याइरहेको र अहिले सबैको पहिलो रोजाइको स्कुल बन्दै गएको कुरा बताए । उक्त विद्यालयकी मावि शिक्षिका तुलसी खत्रीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्कुलका अतिरिक्त क्रियाकलाप समितिका प्रमुख कुबीर गिरीले गरेका थिए । तालिमको मूख्य प्रशिक्षकको रुपमा टिकाराम आचार्य रहेका छन् ।
