
Ssb
Gsb
Ksb
Usb
Bsn
Nsb
Rsb
Ksb
Ksb
Ppu
Ssb
Csb
Tgp
Rks

Hl1
Usb
Ssb
Gsb
Tsb

Nps
Rgu
ptl
दाङ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा कार्यालय सञ्चालन गर्दै आएको अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहकारी संस्थाहरुमा देखिएको बिकृति र विसंगतिलाई चिर्न सहकारी ऐन,नियम र बिनियम बमोजिम सहकारीको मूल्यमान्यता र सिद्धान्तमा रहेर काम गर्नुपर्ने बताए । अभियान सहकारीले सहकारी मूल्य मान्यता र सिद्धान्त बमोजिम छोटो समयमा निकै रोचक ढंगले काम गर्दै आएको र संस्थाका कृयाकलापहरुमा स्थानीय सरकारको शाखा मार्फत सकारात्मक सहयोग रहने बताए ।
एक हजार ४ सय पचहत्तर जना शेयर सदस्यहरु संलग्न रहेको सो सहकारीले ९ बर्षको अवधिमा २२ करोड १५ लाख कारोवार गर्न सफल भएको कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा कर्मचारी शिवा केसीले संस्थाको आय–ब्यय प्रतिवेदन र अध्यक्ष कुलराज कुमालले निती कार्यक्रम तथा भावि योजना सहितको संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सहकारी संस्थालाई सकारात्मक सहयोग गर्दै आएका गढवाका ३ जना पत्रकारहरु युगबोध राष्ट्रिय दैनिकका शिबराज पन्थी, रेडीयो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव र गणतन्त्र नेपाल अनलाईनका आलोक भावुक र संस्थाका उपाध्यक्ष देवकिशोर चौधरीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव,लेखा सुपरिवेक्षण समितिका संयोजक दिपक चौधरी,पत्रकारहरु आलोक भावुक,दुखहरण यादव र शिबराज पन्थी लगायतले शुभकामना मन्तब्य दिएका थिए । उक्त सहकारीले बचत तथा ऋण कारोवार,रेमिट्यान्स कारोवार,महिला वालवालीका र जेष्ठ नागरिक बचत, अनलाइन प्रविधिबाट सम्पूर्ण कारोवार गर्दै साइवर सेक्युरीटी समेत अपनाउदै आएको अध्यक्ष कुलराज कुमालले बताए ।
साधारणसभाबाट आयब्यय अनुमोदन,नयाँ कार्यसमितिको चयन,उपसमितिहरुको गठन,भावि योजना तथा निती कार्यक्रमहरु सर्वसम्मत अनुमोदन गरिएको बताइएको छ । संस्थाका उपाध्यक्ष देव किशोर चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य भगवती चौधरीले गरेका थिए ।

