
Sgr
Rgp
Ses
cjs
Pes
Rgp1
Djs
Ggp
Pbu
pku
Gfs
Unsku
Lnp
Srbpu

Bbu
Vor
Gst
Asm
Sbs
Hal
Pvg
Ksm
Wsp
Sls
Ggd
nsb
Rgu
Rgs
Bbbpu
Tsm
Rgu
Rsb
Ssm

Gsb
Rpp
Pls
sab
Rmb
Abd
Jmb
bbt
Syp
Bml
Jmb
Mks
Ptm
दाङ । गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा कार्यालय सञ्चालन गर्दै आएको अभियान बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता र गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सहकारी संस्थाहरुमा देखिएको बिकृति र विसंगतिलाई चिर्न सहकारी ऐन,नियम र बिनियम बमोजिम सहकारीको मूल्यमान्यता र सिद्धान्तमा रहेर काम गर्नुपर्ने बताए । अभियान सहकारीले सहकारी मूल्य मान्यता र सिद्धान्त बमोजिम छोटो समयमा निकै रोचक ढंगले काम गर्दै आएको र संस्थाका कृयाकलापहरुमा स्थानीय सरकारको शाखा मार्फत सकारात्मक सहयोग रहने बताए ।
एक हजार ४ सय पचहत्तर जना शेयर सदस्यहरु संलग्न रहेको सो सहकारीले ९ बर्षको अवधिमा २२ करोड १५ लाख कारोवार गर्न सफल भएको कार्यक्रममा जानकारी गराइएको हो । कार्यक्रममा कर्मचारी शिवा केसीले संस्थाको आय–ब्यय प्रतिवेदन र अध्यक्ष कुलराज कुमालले निती कार्यक्रम तथा भावि योजना सहितको संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सहकारी संस्थालाई सकारात्मक सहयोग गर्दै आएका गढवाका ३ जना पत्रकारहरु युगबोध राष्ट्रिय दैनिकका शिबराज पन्थी, रेडीयो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव र गणतन्त्र नेपाल अनलाईनका आलोक भावुक र संस्थाका उपाध्यक्ष देवकिशोर चौधरीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखाका प्रमुख अशोक कुमार यादव,लेखा सुपरिवेक्षण समितिका संयोजक दिपक चौधरी,पत्रकारहरु आलोक भावुक,दुखहरण यादव र शिबराज पन्थी लगायतले शुभकामना मन्तब्य दिएका थिए । उक्त सहकारीले बचत तथा ऋण कारोवार,रेमिट्यान्स कारोवार,महिला वालवालीका र जेष्ठ नागरिक बचत, अनलाइन प्रविधिबाट सम्पूर्ण कारोवार गर्दै साइवर सेक्युरीटी समेत अपनाउदै आएको अध्यक्ष कुलराज कुमालले बताए ।
साधारणसभाबाट आयब्यय अनुमोदन,नयाँ कार्यसमितिको चयन,उपसमितिहरुको गठन,भावि योजना तथा निती कार्यक्रमहरु सर्वसम्मत अनुमोदन गरिएको बताइएको छ । संस्थाका उपाध्यक्ष देव किशोर चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य भगवती चौधरीले गरेका थिए ।

