Sidha Patra शनिबार, मंसिर १३, २०८२

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार आज कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।

त्यस्तै यो जितपछि लुम्बिनीले लगातार तीन हारको शृङ्खला ब्रेक गरेको छ र राहत मिलेको छ । पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए । यस्तै यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन ब्याटर निरोशन डिकवेलाले ३७ रन योगदान गरे । सन्दीप जोराले अविजित २५ रन बनाए ।

बलिङमा पोखराका विपिन खत्री,म्याट टेलर र सागरढकालले समान दुई/दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराले विकेटकिपर ब्याटर एडम रोसिङगटन र जीमी नीशमले अर्धशतकमा १५० रन बनाएको थियो ।

त्यस्तै टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कमजोर सुरुवात गरेपनि रोसिङ्गटन र जिमी नीशमले उत्कृष्ट साझेदारी गरेपछि ५ विकेट गुमाएर १५० रन पुर्‍याएको थियो । ओपनर रोसिङ्गटनले ६३ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८१ रन बनाए । यस्तै नीशमले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रन बनाए । रोसिङ्गटन र नीशमले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

यस्तै लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई तथा गुलबादिन नइबले एक विकेट लिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]