
mbd
Ksm
Gmk
Gisld
Pbu
gst
Anm
Mbdvs
Rbs
Sds

Ggd
Vor
Rgs
Rgu
Asm
Hal
Rgu
Rsb
Tsm
Gst
Wsp
Sbs
Ssm
Sls
Bbu
Ksm
Pvg
Bbbpu
nsb

Abd
Jmb
Rmb
Pls
Bml
Ptm
Rpp
bbt
Syp
Mks
Jmb
Gsb
sab
काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको छ । शनिबार आज कीर्तिपुर स्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको हो ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो । जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले २ चौका प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए ।
त्यस्तै यो जितपछि लुम्बिनीले लगातार तीन हारको शृङ्खला ब्रेक गरेको छ र राहत मिलेको छ । पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए । यस्तै यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकन ब्याटर निरोशन डिकवेलाले ३७ रन योगदान गरे । सन्दीप जोराले अविजित २५ रन बनाए ।
बलिङमा पोखराका विपिन खत्री,म्याट टेलर र सागरढकालले समान दुई/दुई विकेट लिए । यसअघि ब्याटिङ गरेको पोखराले विकेटकिपर ब्याटर एडम रोसिङगटन र जीमी नीशमले अर्धशतकमा १५० रन बनाएको थियो ।
त्यस्तै टस हारेर पहिले ब्याटिङ गरेको पोखराले कमजोर सुरुवात गरेपनि रोसिङ्गटन र जिमी नीशमले उत्कृष्ट साझेदारी गरेपछि ५ विकेट गुमाएर १५० रन पुर्याएको थियो । ओपनर रोसिङ्गटनले ६३ बल खेल्दै ७ चौका र ५ छक्का मद्दतमा सर्वाधिक ८१ रन बनाए । यस्तै नीशमले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ५१ रन बनाए । रोसिङ्गटन र नीशमले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।
यस्तै लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई/दुई तथा गुलबादिन नइबले एक विकेट लिए ।
