
pku
Lnp
Djs
Ggp
Srbpu
Ses
cjs
Sgr
Gfs
Rgp1
Pes
Unsku
Rgp
Pbu

Rsb
Sls
Vor
Ggd
Ksm
Tsm
Hal
Rgu
Rgs
Ssm
Bbu
Bbbpu
Pvg
Sbs
Rgu
Gst
Asm
nsb
Wsp

Rpp
Jmb
Abd
Mks
Syp
bbt
Jmb
Gsb
Pls
Bml
sab
Ptm
Rmb
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी (अस्थायी) प्रहरीको भर्ना तयारी तीव्र रुपमा अघि बढाइएको छ।
नयाँ मतदाता थप भएपछि एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित म्यादी प्रहरीको सङ्ख्या पनि बढाउनुपर्ने देखिएको छ । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए अनुसार,नेपाल प्रहरीले निर्वाचन सुरक्षा योजना कार्यान्वयनको क्रममा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने तयारीमा छ । नयाँ मतदाताको सङ्ख्या अनुसार म्यादी प्रहरीको आवश्यकता बढ्न सक्ने उनले उल्लेख गरे।
त्यस्तै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले भने, “निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेपछि सुरक्षा संवेदनशीलताको आधारमा जिल्ला सुरक्षा समितिमार्फत म्यादी प्रहरीको भर्ना प्रक्रिया शीघ्रै सुरु हुनेछ।” म्यादी प्रहरी छनोटका मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगेको र थप मतदान केन्द्र खुल्दा जनशक्ति स्पष्ट हुने पनि उनले जानकारी दिए ।
निर्वाचनमा खटिने म्यादी प्रहरीले नेपाल प्रहरीका जवानले पाउने आधारभूत तलब, लत्ताकपडा, यातायात खर्च लगायत सुविधा पाउनेछन्। नेपाल प्रहरीले निर्वाचनकालागि ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको छ । केन्द्रीय सुरक्षा समितिले निर्वाचनपूर्व,निर्वाचनको अवधि र निर्वाचनपश्चात गरी तीन चरणमा सुरक्षा योजना तयार गरेको छ। संघीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट नेपाली सेना परिचालन स्वीकृति भइसकेको छ। निर्वाचनको पहिलो घेरामा प्रहरी,दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना खटिनेछन् भने म्यादी प्रहरी प्रहरीलाई सहयोग गर्नेछन्।
त्यस्तै मङ्सिर ५ गते सम्पन्न मतदाता नामावली सङ्कलन कार्यमा फोटो र औँठाछापसहितको जैविक विवरण (बायोमेट्रिक्स)मार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन्। यससँगै गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातासमेत दर्ता हुँदा कूल मतदाता संख्या एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ।
यस्तै निर्वाचन आयोगले विवरणमा त्रुटि सच्याउन वा उजुरी दिन सकिने समय दिई सकेपछि अन्तिम मतदाता नामावली सार्वजनिक गर्नेछ। विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए। त्यतिबेला १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए ।
