
Gfs
pku
Ses
Ggp
Unsku
cjs
Pes
Djs
Sgr
Pbu
Rgp1
Lnp
Srbpu
Rgp

Bbu
Bbbpu
Ssm
Rgu
nsb
Rgu
Pvg
Sls
Ggd
Sbs
Rgs
Hal
Ksm
Asm
Rsb
Gst
Tsm
Vor
Wsp

sab
Jmb
Pls
Abd
Bml
Jmb
Gsb
Syp
Mks
Ptm
Rpp
Rmb
bbt
दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४,मौरीघाटका ३३ वर्षीय अमर बहादुर,जो रोजगारीका सिलसिलामा भारतमा बस्ने गर्थे । मोटरसाइकल दुर्घटनामा परि हात भाँचिएपछि उपचारका लागि नेपाल फर्किए । भारतमा उपचार महँगो हुने भएकाले उनी उपचारका लागि नेपाल आएका हुन । घर आए लगत्तै उनलाई कहा जाउँ भन्ने अन्यौलता छायो । उनी नजिकै रहेको भालुवाङ अस्पतालमा चेकअपका निम्ति गए ।
त्यस्तै चिकित्सिकको सल्लाह बमोजिम उनको सर्जरी भालुबाङ अस्पतालमै गर्ने निर्णय भयो । चिकित्सकले उनको भाँचिएको हातमा ओरिफ प्लेटिङ राखेर सर्जरी गर्ने निधो गरे । अन्तत: ओरिफ प्लेटिङ राखेर चिकित्सकको पहिलो प्रयासबाट सर्जरी सफल भयो । अर्थोपेडिक सर्जन डा.आकाश बेलबासे,सहायक डा.राजु थापा,वरिष्ठ एनेस्थेसिया मधु कुमार सुनार,तथा स्टाफ नर्स मनिषा अधिकारीको टोलीले सफल सर्जरी गरेको हो ।
यस्तै अस्पतालका अनुसार सर्जरी सफल भएको छ र उनलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । सोही प्रकारको उपचारका लागि बाहिरी जिल्लामा ८०–९० हजार रुपैयाँसम्म खर्च हुने गर्दछ । तर भालुवाङ अस्पतालमा मात्र ७ हजार रुपैयाँमै सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ । यसले स्थानीय स्तरमै कम खर्चमा प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन भालुवाङ अस्पताल सक्षम रहेको पुष्टि समेत गरेको छ ।
