भिसुन शाहि ठकुरि शुक्रबार, मंसिर १२, २०८२

दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४,मौरीघाटका ३३ वर्षीय अमर बहादुर,जो रोजगारीका सिलसिलामा भारतमा बस्ने गर्थे । मोटरसाइकल दुर्घटनामा परि हात भाँचिएपछि उपचारका लागि नेपाल फर्किए । भारतमा उपचार महँगो हुने भएकाले उनी उपचारका लागि नेपाल आएका हुन । घर आए लगत्तै उनलाई कहा जाउँ भन्ने अन्यौलता छायो । उनी नजिकै रहेको भालुवाङ अस्पतालमा चेकअपका निम्ति गए ।

त्यस्तै चिकित्सिकको सल्लाह बमोजिम उनको सर्जरी भालुबाङ अस्पतालमै गर्ने निर्णय भयो । चिकित्सकले उनको भाँचिएको हातमा ओरिफ प्लेटिङ राखेर सर्जरी गर्ने निधो गरे । अन्तत: ओरिफ प्लेटिङ राखेर चिकित्सकको पहिलो प्रयासबाट सर्जरी सफल भयो । अर्थोपेडिक सर्जन डा.आकाश बेलबासे,सहायक डा.राजु थापा,वरिष्ठ एनेस्थेसिया मधु कुमार सुनार,तथा स्टाफ नर्स मनिषा अधिकारीको टोलीले सफल सर्जरी गरेको हो ।

यस्तै अस्पतालका अनुसार सर्जरी सफल भएको छ र उनलाई आजै डिस्चार्ज गर्ने तयारी भइरहेको छ । सोही प्रकारको उपचारका लागि बाहिरी जिल्लामा ८०–९० हजार रुपैयाँसम्म खर्च हुने गर्दछ । तर भालुवाङ अस्पतालमा मात्र ७ हजार रुपैयाँमै सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको अस्पतालले जनाएको छ । यसले स्थानीय स्तरमै कम खर्चमा प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन भालुवाङ अस्पताल सक्षम रहेको पुष्टि समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]