
Sgr
Gfs
Ggp
Djs
Pes
Ses
Pbu
Srbpu
cjs
Rgp
pku
Unsku
Lnp
Rgp1

Vor
Tsm
Bbbpu
Rgu
nsb
Sls
Asm
Ggd
Gst
Ssm
Rgu
Wsp
Rgs
Hal
Bbu
Ksm
Rsb
Pvg
Sbs

sab
bbt
Rmb
Gsb
Rpp
Mks
Syp
Abd
Bml
Jmb
Pls
Ptm
Jmb
बारा । बाराको पर्सौनीमा रहेको एक पानी उद्योगमा कार्यरत व्यवस्थापकको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
पर्सौनी गाउँपालिका वडा नम्बर ६,भलुहीमा रहेको किरण वेभरेज नेपाल प्रालिमा कार्यरत सर्लाही धनकौल स्थायी ठेगाना भएका ४२ वर्षिय रामनरेश सिंहको शव घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
वीरगञ्ज–कलैया सडक खण्डमा पर्ने भलुही चोक नजिकै रहेको खोल्सामा सिंहको शव फेला परेको थियो । स्थानीयले शव देखेपछि शुक्रबार विहान प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा बिहीबार राति हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
त्यस्तै शव भेटिएको स्थान र उनी कार्यरत उद्योगसँगै रहेकाले व्यवस्थापक सिंहको उद्योग भित्रै हत्या गरेर शव बाहिर फ्याँकिएको हुनसक्ने अनुमान प्रहरीको छ । मृतक सिंहको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल,कलैयामा लगिएको बाराका प्रहरी प्रवक्ता डिएसपी पण्डितले जानकारी दिए । ‘भर्खरै शव पोष्टमार्टटमका लागि ल्याएका छौं,घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता पण्डितले भने ।अनलाइनखबर
