
Rgp
Sgr
Ses
Srbpu
Pes
Djs
Ggp
Pbu
Unsku
cjs
Gfs
Rgp1
pku
Lnp

Sbs
Gst
Ssm
Bbu
Bbbpu
Rgu
nsb
Ggd
Ksm
Asm
Sls
Wsp
Pvg
Rgs
Rgu
Vor
Tsm
Rsb
Hal

Syp
bbt
Bml
Rpp
Pls
Mks
Jmb
Ptm
Rmb
Jmb
sab
Gsb
Abd
दाङ । लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुभारम्भ भएको छ । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार राप्ती उत्यका(देउखुरी)मा एक औपचारीक कार्यक्रमविच अभियानको सुभारम्भ गरेका हुन् ।
प्रविधिको सही प्रयोग गरौंः लैंगिक हिंसा अन्त्य गरौं भन्ने राष्ट्रिय नारा सहित लुम्बिनी प्रदेशमा अभियान केन्द्रित गरिएको छ । ‘म हिंसा सहन्न,आफूपनि गर्दिन र देखेमा प्रतिकार गर्ने प्रतिवद्धता गर्दछु’ भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै मन्त्री तिमिल्सिनाले अभियानको सुभारम्भ गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै सामाजिक विकास मन्त्री जन्मजय तिमिसिल्नाले कुनैपनि प्रकारको हिंसा र विभेद स्वीकार्य नभएको,समाजलाई लैंगिक हिंसा मुक्त बनाउने अभियान बर्षेभरी चल्नुपर्ने धारणा राखे ।‘यो एक दिन,एक छिन औपचारीक कार्यक्रम गरेर जिम्मेवारी सकिदैन । यो जिम्मेवारी समाजलाई समतामुलक बनाउन बर्षेभरी केन्द्रित हुनजरुरी छ’उनले भने,‘हिंसा घटेका छैन,हिंसा हुने रुप मात्रै बदलिएको छ । अहिले प्रविधिको दुरुपयोगले झनैं हिंसाका घटनाहरु बढेका छन् । हिंसालाई अन्त्यगर्न तपाईहामि सबैं संवेदनशिल र जिम्मेवार बन्न जरुरी छ ।’
लुम्बिनी प्रदेशले लैंगिक समानता र सामाजिक न्यायको क्षेत्रमा लैंगिक समानता नीति निर्माण गरेर अघि बढेको जानकारी दिदै लैंगिक अल्पसंख्यक समुदायको पनि अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । दिवसको अवसरमा प्रदेशका १२ जिल्ला र एक सय ९ स्थानीय तहमा विभिन्न कार्यक्रमहरु गरिदैछन् ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता तथा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले लैंगिक हिंसा मुक्त गर्ने अभियानमा घोराही उपमहानगरपालिकाले सूचक निर्माण गरेर काम गरिररहेको,लैंगिक हिंसा मुक्त नगर घोषणाको तयारीमा रहेको जानकारी दिइन् । उनले सोंच, दृष्टिकोण र व्यवहारमा परिवर्तन नआएसम्म हिंसामुक्त समाज बनाउन नसकिने बताइन् ।
यस्तै राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतीदेवी यादवले लैंगिक हिंसा मुक्त समाज निर्माणकालागि सबै निकायको विचमा हातेमालो जरुरी रहेको बताए । सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव विनोद लामिछाने,उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतम, प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिकला सारुमगर लगायतले सम्वोधन गर्दै बदलियो परिवेशमा हिंसाका स्वरुपहरु पनि फेरिदै जाँदा हिंसाका घटनाहरु बढ्दैजानु चिन्ताको विषय रहेको बताए ।
त्यस्तै उनीहरुले अझैं पनि घरेलु हिंसाबाट महिलाहरु पीडित बन्नुपर्ने अवस्था रहेको भन्दै घर भित्रबाटै सुधारका कामहरु अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । मन्त्रालयका उपसचिव ऋषिराज शर्माको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण वरिष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले गरेकी थिइन् ।
