
cjs
Srbpu
Ses
Lnp
Rgp
Sgr
Djs
Pbu
Ggp
Gfs
Rgp1
pku
Unsku
Pes

Ksm
Rsb
Rgs
Bbu
nsb
Asm
Vor
Ssm
Rgu
Pvg
Bbbpu
Gst
Sbs
Hal
Ggd
Wsp
Sls
Tsm
Rgu

Rpp
Rmb
bbt
sab
Pls
Gsb
Syp
Mks
Jmb
Bml
Ptm
Jmb
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिका–८ कहलुवास्थित भैसवा खोलामा पक्की पुल निर्माण कार्य सुरु गरिएको छ । संघीय सरकारको ३ करोड ७८ लाख ७२ हजार ७ सय ४४ रुपैयाँ लागतमा निर्माण हुने उक्त पुलले स्थानीयवासीले वर्षौंदेखि वर्षायाममा झेल्दै आएको आवतजावत सम्बन्धी समस्या अन्त्य गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार संघीय सरकारबाट बजेट विनियोजन भएसँगै निर्माण प्रक्रिया अघि बढाइएको हो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय,बुटवलमार्फत भएको टेन्डर प्रक्रियामा भिजन ईसान जेभी प्यूठानले निर्माण कार्यको जिम्मेवारी पाएको छ।
आयोजना कार्यालयका सब–इन्जिनियर अर्जुन सुवेदीका अनुसार पुल ३० मिटर लम्बाइ र १० मिटर चौडाइको हुनेछ । गत असारमै सम्झौता भइसकेको योजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्माण व्यवसायी रेशम केसीले आगामी असारमै काम सक्ने दाबी गरे ।
भैसवा खोलामा पुल नहुँदा बर्खायाममा वडा नं.८ का तथा छिमेकी वडाका बासिन्दाहरुलाई आवतजावतमा निकै समस्यामा हुने गरेको थियो। वर्षा लागेपछि खोला तर्नुपर्ने जोखिमपूर्ण अवस्था दोहोरिने भएकाले यहाँ पक्की पुल निर्माणको आवश्यकता वर्षौंदेखि उठ्दै आएको थियो।
त्यस्तै पुल निर्माण कार्य सुरु भएसँगै अब स्थानीयको समस्या दीर्घकालीन रुपमा समाधान भई सुरक्षित तथा सहज यातायात सुविधा पाउने अपेक्षा गरिएको छ।
