
Gfs
Unsku
Rgp
Ggp
Sgr
Lnp
Ses
Pes
Pbu
Djs
cjs
Rgp1
Srbpu
pku

Asm
Wsp
Tsm
Ksm
Rgu
Sls
Ssm
Rsb
Vor
nsb
Bbu
Ggd
Bbbpu
Rgs
Sbs
Gst
Rgu
Hal
Pvg

Gsb
Rmb
Syp
Pls
Bml
sab
bbt
Jmb
Ptm
Rpp
Mks
Abd
Jmb
दाङ । “प्रविधिको सही प्रयोग गरौं: लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ मङ्सिर ९ गतेबाट गढवा सहित देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
पछिल्लो समय हिंसाका घटनाहरुको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले आजदेखि १६ दिनसम्म देशैभर विशेष अभियान सञ्चालन गर्न थालिएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिदै आईएको छ ।
अभियानको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले हिंसा मुक्त समाजको निर्माणका लागि सबैको साझा प्रयास र समन्वय आवश्यक रहेको बताए । पछिल्लो समयमा हिंसाका घटनाहरु प्रविधिको गलत प्रयोगबाट बढ्दै गएकोले प्रविधिको सही प्रयोग अनिवार्य रहेको बताए । सामाजिक सञ्जालबाट हिंसाको घटना दिनानुदिन बढ्नु चिन्ताको विषय भएको बताउदै प्रविधिकोप्रयोगले हिंसा गर्ने होईन कि रोक्ने तर्फ आजको पुस्ता समाज अगाडि बढ्ने कुरामा जोड दिए । हिंसा गर्ने र हिंसा सहने प्रबृत्तिको बिरुद्ध लाग्नुको विकल्प नरहेको बताए ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु शुभारम्भ कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले हिँसामा परेका महिलालाई नजिकैको प्रहरी,त्यस क्षेत्रमा काम गर्ने संघ संस्था,राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरुमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिने बताइन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक डबल बहादुर बमले डिजिटल अपराध,बचाव र सुरक्षा बारेमा बृहत रुपमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले लैंगिक हिंसाविरुद्धको महा अभियानमा सबैको समान बिचार समान अभियान गर्दै न्युनिकरणका लागि सबैको साझा सहयोग आवश्यक पर्ने बताएका थिए ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रुपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया,मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रुपमा लिएर उनिहरुको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।
गढवा गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको सहकार्य तथा सहयोगमा अभियान सुरु भएको छ । अभियानमा सरकारी तथा गैरसरकारी संस्थाहरु समेतको सहभागितामा रहेको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले लैगिक हिंसा विरुद्धको अभियानलाई गढवा उद्योग वाणिज्य संघले गम्भिर रुपमा लिएको र न्युनिकरणका लागि निरन्तर कार्य गरिरहेको बताए । यस्तै विभिन्न संघसंस्थाहरुको तर्फबाट बोल्दै शकुन्तला डिसीले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुका साथै हिंसामा परेका जो कोहीपनि खुलेर सम्बन्धित निकायमा बोल्नु पर्ने बताइन् । हिंसा गर्नु र सहनु दुबै अपराध भएको भन्दै लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकारसंग संघ-संस्थाकाहरुपनि सहकार्य गर्न तयार रहेको बताइन् ।
त्यसैगरी कार्यक्रम शुभकामना मन्तव्य दिदै गढवा गाउँपालिका ७ नम्बर वडाका दलित महिला सदस्य कमला नेपालीले दैनिक रुपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने बताइन् ।
कार्यक्रममा मुक्त कम्लहरी विकाश मञ्च, नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पताल,क्रियटिभ पोसिबिलिटिज नेपाल,दक्षिण देउखुरी अधिकार मञ्च,शान्ति पुनर्स्थापना गृह कोइलाबास,नेपाल इन्द्र फाउण्डेशन गढवा,गढवा उद्योग बाणिज्य संघ, इलाका प्रहरी कार्यालय गढवा,स्वान नेपाल,नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवा,देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र,चेतनशील सहकारी संस्था,सामुदायिक स्रोत व्यवस्थापन केन्द्र, दलित शसक्तिकरण संस्था,रेडियो साझा आवाज, बन तथा वातावरण चुरे संरक्षण,गढवा होटल ब्यवसायी संघ,अपाङ्गता संरक्षण समाज,खाद्य अधिकार सञ्जाल,धानखोला कृषि सहकारी संस्था, स्वर्गद्धारी र हिमाल बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१६ दिने अभियानको उद्घाटन कार्यक्रम गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा पालिका उपाध्यक्ष शारदा कुमारी चौधरी,ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक, गाउँपालिकाका वि.प्रमुख प्रशासकीय अधिकृत कैलाश चन्द्र चौधरी,कार्यापालिका सदस्यहरु,वडा सदस्यहरु, पत्रकार, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो
कार्यापालिका सदस्य चन्द्र केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गरेकि थिइन् ।

