
Cps
Gfs
Sgr
cjs
Sds
Gis
Rgp
Ggp
sbs
Unsku
Rgp
Rgp1
Pbu
Pes
Srbpu
Lnp
pku
Rmb
Djs

nsb
Vor
Pvg
Rgu
Wsp
Asm
Bbbpu
Sls
Ssm
Ggd
Ksm
Bbu
Sbs
Rgs
Rgu
Tsm
Rsb
Gst
Hal

Syp
Ptm
Jmb
sab
Abd
Pls
Gsb
Mks
bbt
Bml
Jmb
Rmb
Rpp
दाङ । काम र दामको खोजीमा दिनहुँ विदेशिरहेका युवाहरुका लागि लमही नगरपालिका-१ का युवा कमल पुन उदाहरणीय पात्र बन्नु भएको छ । दश बर्ष बैदेशिक रोजगारीका क्रममा साउदीमा बस्नु भएका पुन अहिले स्वदेशमै बंगुरपालन व्यवसायमा लाग्नु भएको हो ।
उहाँले बार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनु भयो । पहिले १० बर्ष विदेशमा बसेर आफ्नो पसिना बगाउने काम गर्नु भयो तर त्यहाँ बस्दा मन कत्ति पनि सन्तुष्ट भएन उहाँले भन्नु भयो । अहिले स्वदेशमै केही गर्नु पर्छ भनेर बंगुरपालनमा लागेको छु । विदेशमा श्रम धेरै गरेपनि श्रमअनुसारको मूल्य पाउन नसकेको बताउनु भयो । स्वदेशमै केही गर्ने उद्देश्यले विदेशलाई माया मारेर स्वदेशमै बंगुरपालन गर्न थाल्नु भएको छ ।
करिब १० लाखको लगानीबाट व्यवसाय शुरु गर्नु भएका पुनले आगामी दिनमा यसलाई समेत बढाउँदै लैजाने बताउनु भयो । दश लाखबाट व्यवसाय शुरु गरेको थिए,गतबर्ष १८ लाख बराबरको बंगुर बिक्री गरे,उहाँले भन्नु भयो । यसबाट १० लाख रुपैयाँ नाफा कमाउन सफल भए । घरको दैनिक गुजारा चलाउन समस्या परेपछि पढाई छोडेर विदेशिनु भएका पुन अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।
घरको कमजोर आर्थिक अवस्थाका कारण पढाईलाई अघि बढाउन सकिएन,जसले गर्दा पढाईलाई बीचमै छोडेर बिदेशिनुपरेको थियो,उहाँले भन्नु भयो । केही समय विदेश बसेर कमाएको पैसाले स्वदेशमै केही गरौं भन्ने सोचअनुसार बंगुर व्यवसाय गरेको हुँ । अहिले राम्रै छ । आफ्नो व्यवसायबाट घर परिवारसमेत खुशी भएको उहाँले बताउनु भयो ।
बंगुरपालनका लागि करिब १ कट्ठा जग्गा भाँडामा समेत लिउनु भएको छ । फर्ममा २१ माउँ बंगुरसहित २ वटा भाले र २४ ओटा बच्चाहरु छन् । उहाँले प्रतिबंगुरका पाठालाई ५ हजारका दरले बिक्री गर्ने गर्नु भएको छ । पुनले पालेको बंगुरपालन व्यवसायलाई प्राविधिक सहयोग गरिरहनु भएका भेटनरियन मुकेश अधिकारीले व्यवसाय राम्रो भएको बताउनु भयो ।
विदेश गएर फर्केका युवाको पशुपालनमा आकर्षण बढ्दो छ,यो राम्रो हो,अधिकारीले भन्नु भयो । जस अनुसार मैले पनि अहिले पुनलाई बंगुरपालनमा प्राविधिक सहयोग गरिरहेको छु ।’ बंगुरपालन व्यवसायबाट कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि धेरैको आकर्षणसमेत बढेको छ ।
