
pku
Sgr
Pes
Gfs
Rgp1
Pbu
Ses
Unsku
Ggp
Rgp
Lnp
Srbpu
Djs
cjs

Hal
Asm
nsb
Gst
Ksm
Rgu
Sbs
Bbu
Tsm
Pvg
Bbbpu
Ggd
Ssm
Sls
Wsp
Rgs
Rsb
Vor
Rgu

Jmb
Bml
Rpp
Ptm
Jmb
sab
bbt
Gsb
Mks
Pls
Syp
Abd
Rmb
कपिलवस्तु । कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
“प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं”भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल,आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात,नेपाल प्रहरी,सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप-प्रमुख आरती देवी चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन गरिएको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय,विभिन्न संघ सस्थाको उपस्थिती रहेको थियो । कार्यक्रमा शसस्त्र प्रहरी,नेपाल प्रहरीको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी पार्वती शर्माले स्वागत मन्तब्य राखेकी थिइन् । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले मन्तब्य राखेका थिए । कार्यक्रम सबैको साझा अभियान भएको कारण सबैलाई यो अभियानमा सहयोग गर्न इलाका प्रहरी कार्यालय कृष्णानगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले आग्रह गरे ।
आफन्त नेपालका प्रदेश प्रमुख केशर विश्वकर्मा, पीआरसीका जिल्ला संयोजक दिनेश तिमिल्सिना, वडाध्यक्ष कृष्ण कुमार गुप्ता,सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरी,ट्राफिक प्रहरी कार्यालय कृष्णानगरका प्रमुख प्रहरी वरिष्ठ नायब उपरीक्षक लिला कुवर,कविराज नागेश्वर मिश्र लगायत पत्रकार,समाजसेवी,जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्यायले सन्चालन गरेकि थिइन् ।
