
Csb
Ssb
Ksb
Ksb
Usb
Rks
Ppu
Ksb
Bsn
Tgp
Nsb
Gsb
Rsb
Ssb

Tsb
Gsb
Ssb
Hl1
Usb

Rgu
ptl
Nps
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।
त्यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।
