Sidha Patra सोमबार, मंसिर ०८, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म ६४ वटा दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोग पुगेर दल दर्ता गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि यही मंसिर १ गतेबाट सुरु भएको हो । यही १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दर्ताको समय छ । ६४ वटा दलमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरू छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका वाम दल र समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसकेका छन् ।

नेकपा एमाले सहितका कतिपय दलको भने बाँकी नै छ । निर्वाचन आयोगका अनुसार सोमबारसम्म दर्ता दलको संख्या १३५ पुगेको छ । यी मध्ये निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका पार्टीले आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यका निर्वाचनमा भाग लिन पाउनेछन् ।

त्यस्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ । मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघ हुनेछ । ८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ ।

यस्तै पुन: उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]