
Csb
Ksb
Ssb
Rks
Tgp
Nsb
Bsn
Usb
Ssb
Gsb
Ppu
Ksb
Rsb
Ksb

Ssb
Hl1
Usb
Gsb
Tsb

Nps
ptl
Rgu
दाङ । देउखुरीको लमहीमा रहेको लमही चेम्बर अफ कमर्सको पहिलो बैठक आइतबार आज लमहीमा सम्पन्न भएको छ ।
सँस्थाको रातोडाडा स्थित कार्यालयमा बसेको बैठकले विभिन्न ब्यक्तिहरुलाई पदमा रहने गरि नियक्ति गरेको छ ।
लमही चेम्बरका अध्यक्ष किरण कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले दुईजना सल्लाहकार चयन गरेको छ । बिबेक भण्डारी बरिष्ठ सल्लाहकार र बविता खत्रिलाई सल्लाहकारमा चयन गरेको हो । यो भन्दा अघि किसन भट्टराई सल्लाहकारमा चयन भईसकेका छन् ।
त्यस्तै बैठकले लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार टेकबहादुर पुनलाई सँस्थाको प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको छ । उनी नेपाल पत्रकार महासंघका जिल्ला सदस्य समेत हुन । यस्तै बैठकले ब्यापारिक महोत्सब संचालन गर्ने निर्णय पारित गरेको छ । जसका लागी सर्बदलिय बैठक डाक्ने निर्णय भएको सँस्थाका कोषाध्यक्ष चिरन खनालले जानकारी दिए ।
यसैगरी सँस्थाको नियमित बैठक महिनाको पहिलो शुक्रबार बस्ने निर्णय समेत भएको छ । सँस्थाको सनिबार सम्पन्न अधिबेसनले नया नेतृत्व सँगै कार्यसमिति चयन गरेको थियो ।

