
ksb
Rgp
Dus
Rgp
Jns
lnp
Rgp
Ggp
Sgp
Rgp
Lnp
Usb
Asb
Lks
Ggp

lms

काठमाडौं । सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका वडा नम्बर–१, का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने सुशील श्रेष्ठ छन् ।
त्यस्तै पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक अपराधको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
यस्तै उनीहरुले जेनजी आन्दोलनको क्रममा अदालत तोडफोड तथा आगजनी गरेको प्रहरीले बताएको छ । सार्वजनिक भिडियो,फोटोको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।अनलाइनखबर
