ओमप्रकाश गुप्ता शनिबार, कार्तिक २९, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा पत्रकारहरुका लागि नि:शुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ ।

राप्ती गाउँपालिकामा रहेको पत्रकारहरूको साँझ संस्था राप्ती प्रेस मञ्चले  यहि मंसिर ५ गते वडा नम्बर ५ को सिसहनियाँमा शिविर सञ्चालन गर्न लागेको हो ।

तिलगंगा सर्जिकल आँखा केन्द्र र अध्या मेडिकल हल सिसहनियाँको प्राविधिक सहयोगमा मञ्चले शिविर चलाउन लागेको हो । रिपोर्टिङका क्रममा पत्रकारहरुको आँखामा हुने समस्या तथा स्वास्थ्यलाई समेत ध्यानमा राखि मञ्चले शिविर चलाउन लागेको हो । देउखुरी क्षेत्रका पत्रकारहरुलाई शिविरमा सहभागी गराई उनीहरुको आँखा सँगै सुगर,प्रेसर,मृगौला चेकजाँच गरिने मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिए ।

त्यस्तै मञ्चले आगामी मंसिर २२ गते दोस्रो घुम्ती बैठक राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा बस्ने र सोही दिन लागू औंषध दुर्वयशन,ट्राफिक सचेतना तथा साइवर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको मञ्चका महासचिव गुप्ताले जानकारी दिए ।

मञ्चका कार्यवाहक अध्यक्ष सन्तोष कुमार गुप्ताको अध्यक्षतामा शनिबार राप्ती गाउँपालिका-१ पाखापानीमा बसेको पहिलो घुम्ती बैठकमा मञ्चका उपाध्यक्ष बलराम शाही (भिसुन),महासचिव ओमप्रकाश गुप्ता,सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सदस्यहरू मोतीराम भट्टराई,विदुर एमसी,मुक्तिराम पाैडेल,किरण जिसी, निसाकुमारी चाैधरीको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]