
Lsbus
Bsbus
Gis
Gsbus
Rsbus
Gsl
Ksbus
Gsbus
Gss
Gis
Pbu
Gis
bpmhl
Ssbus
Gsbus
Ses
Ksbus
Nssbush
Ssbus
Ssbus

Hal
Tsm
Gst
Asm
Rgu
Bbu
Rgu
Rsb
Ksm
Pvg
Bbbpu
Vor
Rgs
nsb
Sbs
Ssm
Ggd
Sls
Wsp

Jmb
Mks
Gsb
Abd
bbt
Pls
Bml
Rmb
Jmb
Rpp
Syp
Ptm
sab
दाङ । देउखुरीको लमहीमा भएको १६ किलोमिटर पुरुष तथा ५ किलोमिटर महिला मिनि म्याराथन दौड प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा पुरुषतर्फ नेपाली सेना ज्वाला दल गण अर्जुनखोलामा कार्यरत यमराज खत्रीले उपाधि हात पारेका छन् । महिलातर्फ निरमाया चौधरीले पहिलो स्थान हासिल गरिन् ।
त्यस्तै मिनि म्याराथनमा ५२ जना पुरुष र १० जना महिलाले सहभागिता जनाएका थिए। पुरुषतर्फ प्रेम बस्नेत दोस्रो, विशाल कुमार महत तेस्रो र सन्तोष सुनार सान्त्वना भएकाले क्रमशः १२ हजार पाँच सय, ८ हजार पाँच सय, ५ हजार पाँच सय र ३ हजार २ सय ९२ रुपैयाँ पुरस्कार प्राप्त गरे।
यस्तै महिलातर्फ जमुना क्षेत्री दोस्रो र प्रिया कँडेल तेस्रो भइन्। पहिलो, दोस्रो र तेस्रो हुने महिलाले क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । मिनि म्याराथन रोट्र्याक लमहीले आयोजना गरेको हो ।
रोट्र्याक लमहीका अध्यक्ष रुपक खनालको अध्यक्षता तथा लमही नगरपालिकाकी कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
यस्तै खेलकुद क्षेत्रले युवामा सकारात्मक ऊर्जा भरिदिने भएकाले यसलाई सबैले प्राथमिकतामा राख्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिए । प्रतियोगिताको संयोजन किरण खनालले गरेका थिए ।
देशसञ्चार
