
cjs
pku
Djs
Sgr
Unsku
Rgp
Srbpu
Pes
Pbu
Ggp
Lnp
Rgp1
sbs
Gfs

Sbs
Gst
Rgu
Ssm
Ksm
Pvg
nsb
Bbu
Wsp
Bbbpu
Vor
Rgu
Asm
Rsb
Ggd
Sls
Rgs
Hal
Tsm

Jmb
Abd
Jmb
Mks
Pls
Rmb
Syp
Rpp
Bml
Ptm
bbt
sab
Gsb
दाङ । आधारभूत आँखा स्वास्थ्य शिक्षा तथा आँखा स्वास्थ्य सेवाका लागि स्थानीय सरकारसँगको साझेदारी विषयक छलफल कार्यक्रम घोराहीमा शुक्रवार सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ दाङ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको आयोजनामा भएको कार्यक्रममा नेत्रज्योति संघ दाङका पदाधिकारी,१० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरु, अस्पतालका कर्मचारी ÷चिकित्सक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । छलफल कार्यक्रम नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवामा आँखा स्वास्थ्यलाई उल्लेख गरेको र स्वास्थ्य नीतिले एकीकृत स्वास्थ्य सेवामा आँखा स्वास्थ्यलाई समेत सम्बोधन गरेको अवस्थामा आम नागरिकलाई आँखा रोग उपचारको पहुँच स्थापित गर्ने उद्देश्यले अस्पताल र स्थानीय सरकारका स्वास्थ्य प्रमुखबिच साझेदारीलाई अझै बृहत बनाउने विषयमा छलफल भएको थियो । सहभागी स्थानीय सरकारका स्वास्थ्य शाखा प्रमुखहरुले आफ्नो पालिकाका आँखाका बिरामीको सहज स्वास्थ्य उपचारका लागि नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै सङ्घीय सरकारले नेत्रज्योति संघद्वारा सन्चालित आँखा अस्पताललाई अहिलेसम्म एक रुपैया पनि सहयोग नगरिरहेको अवस्थामा आँखा रोग उपचारका लागि प्रदेश सरकार र स्थानीय सरकारले पछिल्लो एक दशक यता साझेदारी गर्दै आएका छन् । सो अवसरमा नेत्रज्योति संघका सभापति कृष्णकुमार गिरीले संघद्वारा मुलुकभर सञ्चालित आँखा अस्पताल स्थापनाका लागि संघले निर्वाह गरेको भूमिकासँगै सञ्चालनमा आएका अस्पतालमा भइरहेका उपचार सेवाबारे जानकारी गराएका थिए ।
उनले नेत्रज्योति संघद्वारा सञ्चालित आँखा अस्पतालका उपलब्धिबारे चर्चा गरेका थिए । सोही अवसरमा आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डाक्टर सम्शेर थापाले नेपालसँगै लुम्बिनी प्रदेशका सबै जिल्ला तथा पालिकासम्मका आँखाका बिरामीको अवस्था तथा अस्पतालले प्रदान गर्दै आएको आँखा उपचार सेवाबारे जानकारी गराएका थिए ।
अस्पतालको भावि रणनीतिबारे पनि उनको प्रस्तुति केन्द्रित थियो । कार्यक्रममा बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका अस्पतालले हालसम्म आँखा उपचारमा गरेका सेवाबारे जानकारी गराएका थिए भने आउटरिच कोअर्डिनेटर बिमल घिमिरेले बाह्य सेवाका समग्र विषयमा जानकारी गराएका थिए ।
नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको स्वागतबाट सुरु भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्यम सुवेदी, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतम, बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेपबहादुर केसी,लमही नगरपालिका स्वास्स्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्मा,तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रसाद न्यौपाने लगायतले आँखा स्वास्थ्यमा साझेदारी गर्न स्थानीय सरकार तत्पर रहेको प्रतिबद्धता गरेका थिए । कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए । एनएबिपी नर्वेको आर्थिक सहयोगमा भएको छलफलमा विभिन्न निर्णयहरु भएका छन् ।
छलफलमा दाङका १० वटै पालिकामा रहेका स्वास्थ्य शाखा,आँखा अस्पतालसँग साझेदारी गर्दै आँखाको उपचारका लागि आँखाका बिरामी अस्पतालसम्म आउने वातावरण निर्माण गर्दै पालिकामा रहेको दृष्टिविहिनता न्यूनीकरणमा सबैले सहयोग गर्ने,अस्पताल र पालिकाको समन्वयमा पालिकामा आँखा शिविर,आँखासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेर नेपाल सरकारको आँखा स्वास्थ्य नीति रणनीतिलार्ई सहयोग पुर्याउन सहकार्य र साझेदारीलार्ई निरन्तरता दिने, पालिकामा रहेका आँखा उपचार केन्द्रहरुको विकास र विस्तारमा सबैले सक्दो सहयोग आदानप्रदान गदै त्यसको विकासका लागि आवश्यक बजेट विनियोजनका लागि पालिकामा स्वास्थ्य शाखाको तर्फबाट पहलकदमी गर्ने तथा आवश्यक मात्रामा स्वास्थ्य शाखा र अस्पतालबिच समय समयमा समन्वय र सहकार्यका लागि बैठक बस्ने, आँखा उपचार सेवालार्ई जनस्तरसम्म पुर्याउने लगायतका निर्णय भएका छन् । सो कार्यक्रमको लागि एनएबिपी नर्वेको आर्थिक सहयोग प्राप्त भएको हो ।
गाेरक्ष राष्ट्रिय दैनिक
