
Ksb
Ksb
Usb
Ksb
Nsb
Ppu
Rsb
Bsn
Ssb
Gsb
Csb
Rks
Ssb
Tgp

Tsb
Gsb
Ssb
Hl1
Usb

Nps
Rgu
ptl
दाङ । पतन्जली योगसाधना केन्द्र घोराही उपमहानगरपालिका वडा नम्बर १७,गुलरियाको विशेष कार्यक्रम शुक्रबार आज सम्पन्न भएको छ ।
साधना केन्द्रका अध्यक्ष कमलमणि पोख्रेलको अध्यक्षता तथा पतन्जली योग समिति लुम्बिनी प्रदेशका सदस्य उदय बहादुर डाँगीको प्रमुख आतिथ्यता र दाङ जिल्लाका बरिस्ठ उपाध्यक्ष केतनारायण आचार्यको बिशिस्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्ने बक्तहरुले हरेक मानिसको जीवनमा योग अपरिहार्य भएको भन्दै यसलाइ व्यापक बनाउदै लैजानु पर्ने बताएका थिए । शारीरिक र मानसिक रुपमा स्वस्थ हुन हरेक ब्याक्तीले बिहानको समयमा योग गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका छन् । त्यस अबसरमा गुलरिया साधना केन्द्रको केही रिक्त पदमा नयाँ पदाधिकारी तथा सदस्य समेत चयन गरिएको छ । जस अनुसार केन्द्रको सचिबमा खडग शर्मा पौडेल, सदस्यमा शुष्मा पाण्डेय र बालकृष्ण ओलि चयन भएका छन् ।
कार्यक्रममा पतन्जली योग समिति घोराही नगर सदस्य भरतमणि अधिकारी,गुलरिया केन्द्रका उपाध्यक्ष टेका अर्याल,निबर्तमान सचिब रुक्मांगद पौडेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
