
Lsbus
Gis
bpmhl
Gsbus
Ses
Gis
Gsl
Nssbush
Gis
Ksbus
Pbu
Gss
Lsbus
Gsbus
Ksbus
Ksbus
Rsbus
Gsbus
Ssbus
Gms

Asm
Rgu
Bbbpu
Bbu
Hal
Sbs
Pvg
Ggd
Vor
Rsb
Wsp
Gst
Ksm
Ssm
nsb
Sls
Rgu
Tsm
Rgs

Pls
sab
Rpp
Jmb
bbt
Gsb
Ptm
Mks
Bml
Abd
Syp
Rmb
Jmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४,मौरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । श्री माध्यमिक विद्यालय मौरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाको सहयोगमा प्रतियोगिता सुरु भएको हो ।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयोजक प्रकाश विष्टको अध्यक्षता सुरु भएको खेलकुद प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गरेका हुन् ।उद्घाटन समारोहमा सांसद थारुले खेलकुद मानिसलाई स्वस्थ, अनुशासित बनाउनुका साथै सामाजिक एकता तथा शारीरिक तन्दुरुस्तीका लागि आवश्यक रहेको उल्लेख गरे । उनले खेलले मानव जातिको शारीरिक विकासमा पनि योगदान पुग्ने बताए ।
त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतियोगिताले स्थानीय स्तरबाटै खेलाडी उत्पादन गर्न मद्दत गर्ने र खेलकुद मार्फत पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने उल्लेख गरे । कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रमुख,सुरक्षाकर्मी,शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियोे । राप्ती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बासुदेव रिजालले गरेका थिए ।
प्रतियोगितामा २१ वटा सामुदायिक र १४ संस्थागत गरि ३५ विद्यालयका विद्यार्थीहरुको सहभागीता रहेको छ ।प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी,एथ्लेटिक्स,मार्सल आर्ट हाइजम्प,लङजम्प,त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट,कराँते लगायतका खेलहरु समावेश गरिएको छ । खेल अवधिभर २२ प्रशिक्षक र ८ सय ३७ जना खेलाडीहरुको १ लाख बराबरको बीमा समेत गरिएको छ । कार्यक्रम सुरु हुनुअघि सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरुले मार्च पास समेत गरेका थिए । खेल कार्तिक २८ देखि ३० गतेसम्म तीनदिन माध्यमिक विद्यालय मौरीघाटको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जानाएको छ ।
