
Bsn
Csb
Ksb
Tgp
Ksb
Usb
Gsb
Ksb
Rks
Nsb
Ssb
Ppu
Ssb
Rsb

Ssb
Usb
Tsb
Gsb
Hl1

Rgu
ptl
Nps
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ अन्तर्गत गढवा गाउँपालिकाको अधिवेशन शुक्रबार आज सम्पन्न भएको छ । अधिवेशनले तुला बहादुर सिंहको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा असर्फीलाल यादव,बुद्धि कुमारी सुनार र अब्दुल हलिम चयन भएका छन् । त्यस्तै सचिवमा जागेश्वर रिजाल, सहसचिवमा मन्जिता चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी रहने भएका छन् । सदस्यहरुमा शान्ति कुमाल,बहिदार चौधरी,घनश्याम यादव,पदमा श्रेष्ठ, मालिका चौधरी,निम बहादुर राना मगर, मनोज देवकोटा,सीताराम यादव,महेन्द्र केसी,जग बहादुर चौधरी र इन्दर चौधरीलाई चयन गरिएको छ ।
अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी १५ जना व्यक्तिले राप्रपाको सदस्यता ग्रहण गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा राप्रपा केन्द्रीय सदस्य देवी घिमिरेले युवा सहभागिता बढ्दै गएको उल्लेख गर्दै ठूला दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको दाबी गरे । जनताले वैकल्पिक दलप्रति आकर्षण देखाउन थालेको उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ का सभापति विनय बुढाथोकीले शक्ति र पहुँचको दम्भमा चलेका ठूला दलका कारण देश अस्तव्यस्त बन्दै गएको आरोप लगाए । “राज्यका हरेक निकायहरु नातागोता भर्ना केन्द्र बनेपछि जनतामा गहिरो निराशा छाएको छ,” उनले भने । यस्तो प्रवृत्तिको अन्त्य गर्दै ठूला दललाई तह लगाउने समय आएको उनको तर्क थियो । उनले सुशासन,पारदर्शिता र जिम्मेवार नेतृत्व नै जनताको प्रमुख अपेक्षा भएको बताए ।
कार्यक्रममा सरिता देवकोटा,विश्वदेव शाह लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । राप्रपा दाङ क्षेत्र नम्बर १ का सभापति विनय बुढाथोकीका अनुसार नयाँ पदाधिकारी चयन गर्दा आदिवासी, जनजाति,दलित लगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । राजा सहितको हिन्दु राष्ट्र कायम गर्न राप्रपाले स्थानीय स्तरदेखि निरन्तर आफ्ना गतिविधिहरु अघि बढाउने योजना रहेको जनाइएको छ ।

