
Unsku
sbs
Pes
Sgr
Djs
Ggp
Srbpu
Rgp
Pbu
Lnp
Rgp1
Gfs
cjs
pku

Vor
Rsb
nsb
Pvg
Asm
Sls
Gst
Rgu
Wsp
Ksm
Tsm
Rgs
Hal
Bbbpu
Ggd
Rgu
Sbs
Ssm
Bbu

sab
Gsb
Jmb
Mks
Syp
Jmb
Ptm
bbt
Abd
Rmb
Pls
Bml
Rpp
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ अन्तर्गत गढवा गाउँपालिकाको अधिवेशन शुक्रबार आज सम्पन्न भएको छ । अधिवेशनले तुला बहादुर सिंहको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा असर्फीलाल यादव,बुद्धि कुमारी सुनार र अब्दुल हलिम चयन भएका छन् । त्यस्तै सचिवमा जागेश्वर रिजाल, सहसचिवमा मन्जिता चौधरी, कोषाध्यक्षमा रत्ना चौधरी रहने भएका छन् । सदस्यहरुमा शान्ति कुमाल,बहिदार चौधरी,घनश्याम यादव,पदमा श्रेष्ठ, मालिका चौधरी,निम बहादुर राना मगर, मनोज देवकोटा,सीताराम यादव,महेन्द्र केसी,जग बहादुर चौधरी र इन्दर चौधरीलाई चयन गरिएको छ ।
अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी १५ जना व्यक्तिले राप्रपाको सदस्यता ग्रहण गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा राप्रपा केन्द्रीय सदस्य देवी घिमिरेले युवा सहभागिता बढ्दै गएको उल्लेख गर्दै ठूला दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको दाबी गरे । जनताले वैकल्पिक दलप्रति आकर्षण देखाउन थालेको उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ–१ का सभापति विनय बुढाथोकीले शक्ति र पहुँचको दम्भमा चलेका ठूला दलका कारण देश अस्तव्यस्त बन्दै गएको आरोप लगाए । “राज्यका हरेक निकायहरु नातागोता भर्ना केन्द्र बनेपछि जनतामा गहिरो निराशा छाएको छ,” उनले भने । यस्तो प्रवृत्तिको अन्त्य गर्दै ठूला दललाई तह लगाउने समय आएको उनको तर्क थियो । उनले सुशासन,पारदर्शिता र जिम्मेवार नेतृत्व नै जनताको प्रमुख अपेक्षा भएको बताए ।
कार्यक्रममा सरिता देवकोटा,विश्वदेव शाह लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । राप्रपा दाङ क्षेत्र नम्बर १ का सभापति विनय बुढाथोकीका अनुसार नयाँ पदाधिकारी चयन गर्दा आदिवासी, जनजाति,दलित लगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । राजा सहितको हिन्दु राष्ट्र कायम गर्न राप्रपाले स्थानीय स्तरदेखि निरन्तर आफ्ना गतिविधिहरु अघि बढाउने योजना रहेको जनाइएको छ ।

