
Rgp
cjs
Pbu
Srbpu
Unsku
Lnp
sbs
Djs
Rgp1
Sgr
Gfs
pku
Pes
Ggp

Rgs
Vor
Ksm
Bbbpu
Rsb
Sls
Rgu
Pvg
Ssm
Gst
Wsp
Rgu
Asm
Ggd
Bbu
Tsm
Sbs
nsb
Hal

Syp
Pls
Mks
bbt
Jmb
Ptm
Rmb
Gsb
Rpp
Jmb
Abd
sab
Bml
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।
पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।
त्यस्तै निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरकोरुपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दु:खी रहेको उनले बताएका छन् । ‘बद्लिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैका मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’परियारले राजीनामा पत्रमा भनेका छन् ।
ग्त ‘भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ,यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीतिक अगाडि जान नसक्ने र नयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ,’ परियारले पार्टीमा बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।
पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए । परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी जनार्दन शर्मा,घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव,मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले बतायो ।
त्यस्तै यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’अनलाइनखबर
