Sidha Patra शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् ।

पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले बताए । उनी विघटित प्रतिनिधिसभामा पार्टीको प्रमुख सचेतक थिए । उनले पार्टीको सदस्यबाट दिएको राजीनामा पत्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन् ।

त्यस्तै निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा पनि त्यसलाई स्थापित गर्न नसकेको भन्दै उनले त्यसलाई आफ्नो कमजोरकोरुपमा लिएको बताएका छन् । साथै नेपाली समाजको बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकेकोमा पनि आफू दु:खी रहेको उनले बताएका छन् । ‘बद्लिँदो परिस्थितिलाई आत्मसात् गर्दै यस ऐतिहासिक घडीमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैका मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसम्म नरहने निवेदन गर्दछु,’परियारले राजीनामा पत्रमा भनेका छन् ।

ग्त ‘भदौ २३ र २४ गते जेनजी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ,यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीतिक अगाडि जान नसक्ने र नयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ,’ परियारले पार्टीमा बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।

पछिल्लो समय रास्वपामा नेतृत्व परिवर्तको बहसमा परियार पनि थिए । यसअघि चितवनमा सम्पन्न विस्तारित बैठकमा उनले विशेष महाधिवेशनको माग समेत राखेका थिए । परियारको पृष्ठभूमि कम्युनिस्ट भएको हुँदा उनी जनार्दन शर्मा,घनश्याम भूसाल, नेत्रविक्रम चन्द विप्लव,मानुषी यमी लगायतसँग संवादमा रहेको रास्वपा स्रोतले बतायो ।

त्यस्तै यसअघि रास्वपाकै केन्द्रीय सदस्य सुमना श्रेष्ठले पनि नेतृत्वप्रति असन्तुष्टि राख्दै पार्टी छाडेकी थिइन् । रास्वपा छोडेको जानकारी दिँदै श्रेष्ठले भनेकी थिइन्, ‘अब खुला रुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाडेँ ।’अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]